वैशाखयता देशभर सात हजार २३१ विपद्का घटना « Khabarhub

वैशाखयता देशभर सात हजार २३१ विपद्का घटना


१२ चैत्र २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– गत वैशाख १ गतेदेखि हालसम्म देशभर सात हजार २३१ वटा विपद्का घटना भएका छन् ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार विपद्का ती घटनाबाट १३ हजार ९८ परिवार प्रभावित भएका छन् । यस अवधिमा चार सय ७९ जनाको निधन भएको छ भने ३८ जना घाइते भएका छन् ।

यस्तै, एक हजार ८०० जना घाइते भएका छन् । प्राधिकरणले दिएको जानकारीअनुसार यस अवधिमा तीन हजार ४८० वटा आगलागीका घटना भएका छन् । यस्तै, बाढीका ३२१, पहिरोका ६०४, भारी वर्षा ४४२, चट्याङ ४०६ र सर्पदशका ६०० घटना भएका छन् ।

यसैगरी, वन डढेलो २७९, हुरीबतासका ४५१, जनावर आक्रमणका ५०४, लेक लागेका १२३ र हिउँपहिरोका पाँचवटा घटना भएका प्राधिकरणले जनाएको छ ।

यस्तै, भूकम्पका सात, असिना, डुङ्गा पल्टेका दुई–दुई घटना हुँदा असिनासहित हुरी, शीतलहरका एक–एक घटना घटेका छन् ।

यसैगरी, यही चैत १० गते बिहानदेखि ११ गते बिहानसम्म २६ वटा विपदका घटना भएको प्राधिकरणले सार्वजनिक गरेको विवरणमा उल्लेख छ ।

एकै दिन नौ जिल्लाका १३ स्थानमा आगलागीका घटना भएका र विपदमा परी १० जना घाइते भएका छन् ।

प्रकाशित मिति : १२ चैत्र २०८२, बिहीबार  ७ : १६ बजे

ग्यास अभाव भएपछि अनुगमनमा निस्किए प्रहरी-प्रशासन

धनकुटा– धनकुटा बजारमा खाना पकाउने ग्यासको अभाव बढेपछि जिल्ला प्रशासन

विशेष महाधिवेशनका कारण पार्टी कमजोर भयो : प्रकाशमान सिंह

काठमाडौं– नेपाली कांग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंहले विशेष महाधिवेशनका कारण पार्टी

देवानगञ्ज तनावपछि धार्मिक झण्डा हटाउने सहमति, डिजे र माइकमा पनि कडाइ

काठमाडौं- सुनसरीको देवानगञ्ज गाउँपालिका-३ कप्तानगञ्जमा साउन १० गते भएको दुई

एक वर्षमा एक करोड २० लाख बक्यौता उठ्यो

सङ्खुवासभा– नेपाल विद्युत् प्राधिकरण शाखा कार्यालय सङ्खुवासभाले उपभोक्ताबाट एक वर्षको