पोखरा र कोशीबीच पर्यटकीय साझेदारीमा जोड « Khabarhub

पोखरा र कोशीबीच पर्यटकीय साझेदारीमा जोड


१२ चैत्र २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

विराटनगर– होटल सङ्घ नेपाल (हान) पोखराको आयोजना एवं नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशको सहकार्यमा पूर्वी नेपालमा जारी ‘जाउँ है पोखरा’ अभियानअन्तर्गत यहाँ आयोजित कार्यक्रममा पोखरा र कोशी प्रदेशबीच पर्यटकीय साझेदारी हुनुपर्नेमा जोड दिइएको छ ।

पर्यटन राजधानी पोखरासहित गण्डकी प्रदेश र नेपालको औद्योगिक सहरका रुपमा परिचित विराटनगरसहित कोशी प्रदेश आफैँमा धेरै पर्यटकीय सम्भावनायुक्त सहर भएको भन्दै कार्यक्रमका वक्ताले पर्यटकीय साझेदारीले दुवै सहरहरू लाभान्वित हुने बताए ।

होटल सङ्घ नेपाल कोशी प्रदेशका अध्यक्ष राजन श्रेष्ठले पर्यटकीय साझेदारीबाट गण्डकी र कोशी दुवै प्रदेश लाभान्वित हुने बताउनुुभयो । गण्डकी प्रदेशसँगको पर्यटकीय साझेदारीकै लागि यसअघि प्रदेशका पर्यटनमन्त्री स्तरीय समिति गठनसँगै पर्यटन सम्बद्ध सङ्घसंस्थाबीच पनि महत्वपूर्ण प्रयासहरू भइसककेको बताउँदै उहाँले यसको प्रभावकारी कार्यान्वयनमा जोड दिनुपर्ने बताए ।

होटेल सङ्घ नेपाल कोशी प्रदेशका उपाध्यक्ष भवि श्रेष्ठले नेपालकै राम्रो सहर पोखराको माछापुच्छे« र विश्वकै सर्वोच्च शिखर सगरमाथा रहेको प्रदेश कोशीबीच धेरै पर्यटकीय सम्भाव्यता रहेको बताए ।

पोखराको विन्ध्यवासिनीदेखि कोशीको बराहक्षेत्रलगायतका धार्मिक पर्यटकीय गन्तव्यमा पर्यटकीय साझेदारीमार्फत ठूलो सङ्ख्यामा पर्यटक आदानप्रदान गर्न सकिने उनको भनाइ छ ।

होटेल सङ्घ नेपाल पोखराका अध्यक्ष लक्ष्मण सुवेदीले आन्तरिक पर्यटनकै उद्देश्यका साथ विगत २५ वर्षयता नेपालका प्रमुख सहरहरूमा ‘जाउँ है पोखरा’ कार्यक्रम सञ्चालन भइरहेको बताउँदै आफूहरू पर्यटकीय साझेदारीका लागि निरन्तर लागिरहेको बताए ।

यही चैत २९ गतेदेखि वैशाख १ गतेसम्म पोखरामा फेवा नववर्ष महोत्सव गर्न लागिएको बताउँदै उनले उक्त अवसरमा पोखराका होटलमा २५ प्रतिशत छुटसहितको प्याकेज रहेको जानकारी गराए ।

पोखराको होटल क्षेत्रमा मात्रै ६ खर्ब बढी लगानी भइसकेको बताउँदै उनले यहाँ पर्यटकलाई लक्षित गरी बनाइएका एक हजार २०० को सङ्ख्याका होटलले दैनिक ४० हजार जनासम्म पर्यटकलाई सेवा दिन सक्ने जानकारी दिए ।

नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशका प्रमुख मणिराज लामिछानेले हिमाल र ताललाई एक साथ अवलोकन गर्न पाइने पोखरा प्रकृतिप्रेमीका निम्ति उत्कृष्ट गन्तव्य भएको बताए ।

ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) गण्डकीका अध्यक्ष कृष्णप्रसाद आचार्यले गण्डकी र कोशीबीचको जनस्तरको पर्यटकीय सम्बन्ध र साझेदारीका माध्यमबाट दुवै प्रदेश लाभान्वित बन्ने बताए ।

नेपाल एसोसिएसन अफ ट्राभल एण्ड टुर एजेन्ट्स कोशी प्रदेशका अध्यक्ष पुष्प भट्टराईले पर्यटकीय साझेदारीका माध्यमबाट पोखरा र विराटनगर दुवै क्षेत्र लाभान्वित हुने बताए । (रासस)

प्रकाशित मिति : १२ चैत्र २०८२, बिहीबार  ८ : ४१ बजे

कांग्रेस केन्द्रीय कार्यसमिति : १५औँ महाधिवेशनदेखि सरकारका १०० दिनसम्म छलफल

काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले पार्टीको

विविधतामै नेपालको शक्ति, सामाजिक सद्भाव जोगाउनुपर्छ : मन्त्री श्रेष्ठ

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री बिराजभक्त श्रेष्ठले नेपालको शक्ति विविधतामा

सुस्तामा भूमि कटान रोकथाम गर्न लुम्बिनी प्रदेश सरकारले सहयोग गर्ने

नवलपरासी– लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले पश्चिम नवलपरासीको सुस्तामा नारायणी

‘संविधान संशोधन गरेर आदिवासी, जनजाति अल्पसङ्ख्यकका हकहितका विषय समेटिनुपर्छ’

काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज