इरानले भारतलाई होर्मुज स्ट्रेट हुँदै तेल बोकेका जहाज आवतजावतको अनुमति दियो « Khabarhub

इरानले भारतलाई होर्मुज स्ट्रेट हुँदै तेल बोकेका जहाज आवतजावतको अनुमति दियो


१२ चैत्र २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


474
Shares
  • change font
  • change font
  • change font

तेहरान– इरानले भारत, चीन, रूस, इराक र पाकिस्तान लगायत ‘मित्र राष्ट्र’लाई होर्मुज जलमार्ग हुँदै आवतजावत गर्न अनुमति दिएको छ।

एएनआईका अनुसार मुम्बईस्थित इरानी कन्सुलेटले उक्त जानकारी दिएको हो। कन्सुलेटका अनुसार अब्बास अराघचीले ‘मित्र राष्ट्रहरूलाई होर्मुज हुँदै आवतजावत गर्न छुट दिइएको’ बताएका छन्।

इरानले यसअघि पनि होर्मुज जलडमरूमध्य पूर्ण रूपमा बन्द नगरिएको स्पष्ट पारेको थियो। इरानविरुद्ध रहेका देशहरूका लागि मात्र यो मार्ग बन्द गरिएको हो । अन्य देशहरूलाई केही सर्तसहित अनुमति दिइएको बताइएको छ।

होर्मुज खुल्दा भारतलाई ५ ठूला फाइदा

भारतले आफ्नो आवश्यक तेलको करिब ८५ प्रतिशत आयात गर्छ, जसमा ५५–६० प्रतिशत खाडी देशबाट आउँछ। यसमा होर्मुज महत्वपूर्ण मार्ग हो।

भारतले दैनिक करिब ५० लाख ब्यारेल तेल प्रयोग गर्छ। मार्ग खुला रहँदा आपूर्ति अवरुद्ध हुँदैन।

युद्धका कारण तेलको मूल्य १०० डलर प्रति ब्यारेलभन्दा माथि पुगेको थियो। मार्ग खुल्दा मूल्य स्थिर रहन सक्छ।

युद्धको तनावका बेला जहाज बीमा लागत २–३ गुणासम्म बढेको थियो। मार्ग सुरक्षित हुँदा ढुवानी खर्च घट्नेछ।

मध्यपूर्वबाट भारत आउने जहाजहरू अब करिब ५ देखि १० दिनमै पुग्न सक्नेछन्।

प्रकाशित मिति : १२ चैत्र २०८२, बिहीबार  १२ : ४२ बजे

शपथ लिनेबित्तिक्कै आफैं गाडी हाँकेर संसद्‍बाट बाहिरिए बालेन्द्र

काठमाडौं- प्रतिनिधि सभा सदस्यको शथप लिनेबित्तिकै राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ

रवि-बालेन एकसाथ देखिँदा प्रचण्ड-बादल पनि सँगै भेटिए

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र वरिष्ठ नेता

एमाले सांसदहरूलाई अध्यक्ष ओ‌लीले च्यासलमा बोलाए

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधि सभाका २५

बेलारुसी राष्ट्रपति लुकाशेन्को उत्तर कोरियामा

प्योङयाङ- पश्चिमी प्रतिबन्ध र भू–राजनीतिक दबाबबीच उत्तर कोरिया र बेलारुसले