गायक विजय लामा अमेरिकामा सम्मानित « Khabarhub

गायक विजय लामा अमेरिकामा सम्मानित


१२ चैत्र २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – गायक विजय लामा अमेरिकाको न्यूयोर्क सिटीमा सम्मानित भएका छन् । उनलाई न्यूयोर्कका एसेम्ब्ली सदस्य स्टेभेन रागा (डिस्ट्रिक्ट ३०, क्विन्स)ले सम्मान गरेका हुन् ।

भोटेकोशी समाज अमेरिकाको आयोजनामा सम्पन्न ‘ल्होसार साँझ २०२६’ कार्यक्रममा गायक लामाले आफ्ना चर्चित गीतहरू ‘नखानु पानी तोग्बाको’, ‘भोली फर्कि आउँछु आउँदिन’, ‘खासा बजार’ लगायत प्रस्तुत गरेका थिए ।

कार्यक्रममा सयौँ दर्शकको उपस्थिति रहेको थियो र उनीहरू गायक लामासँगै झुमेका थिए । सो अवसरमा भोटेकोशी समाज अमेरिकाका अध्यक्ष अक्बर स्याङतानले कार्यक्रम भव्य रूपमा सम्पन्न भएकोमा खुशी व्यक्त गरे। उनले आगामी दिनमा पनि कला, संस्कृति र परम्परा जोगाउन यस्ता सांस्कृतिक कार्यक्रमलाई निरन्तरता दिने बताए।

लामो समयदेखि परदेशमा परिवारसहित बस्दै आएका स्याङतानले कार्यक्रममा सहभागी दर्शक, देश–विदेशमा रहेका शुभेच्छुक तथा कार्यक्रम सफल बनाउन सहयोग गर्ने सबैप्रति आभार व्यक्त गरेका छन्।

प्रकाशित मिति : १२ चैत्र २०८२, बिहीबार  ९ : ४३ बजे

जीविकोपार्जनमा ‘भैँसीपालन कार्यक्रम’ सञ्चालन

कैलाली– जीविकोपार्जनका लागि कैलालीका नौ वटा स्थानीय तहमा भैँसीपालन कार्यक्रम

चालु आर्थिक वर्षको ११ महिनामा १० खर्ब ७९ अर्ब राजस्व सङ्कलन

काठमाडौंं– सङ्घीय सरकारले चालु आर्थिक वर्षको ११ महिनामा राजस्वतर्फ १०

सेउलुङ बस्ती पहिरो जोखिममा

म्याग्दी– स्थानीय मालिका गाउँपालिका–३ मा अवस्थित सेउलुङ बस्ती पहिरोको उच्च

७२ वर्षमा पनि कृषिमा सक्रिय छन् जिरीका लाक्पा

दोलखा– जिरी नगरपालिका–१ पुम्पाका ७२ वर्षीय लाक्पा शेर्पा उमेरले बुढेसकाल लागे पनि

बकैयामा २९ टन खरबुजा उत्पादन

मकवानपुर– बाग्लुङको काठेखोला गाउँपालिका–२ मा स्थायी घर भई हाल काठमाडौँ महापालिका–२६