उत्पादन सुरु गर्ने मिति संशोधनका लागि सम्पर्कमा आउन प्राधिकरणको आग्रह « Khabarhub

उत्पादन सुरु गर्ने मिति संशोधनका लागि सम्पर्कमा आउन प्राधिकरणको आग्रह


१३ बैशाख २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font


काठमाडौँ– नेपाल विद्युत् प्राधिकरणले विभिन्न जलविद्युत् आयोजनाका प्रवर्द्धकलाई आयोजनाको व्यापारिक उत्पादन सुरु गर्नुपर्ने मिति (आरसिओडी) संशोधनका लागि सम्पर्कमा आउन आग्रह गरेको छ ।

प्राधिकरणले एक सूचना मार्फत व्यवसायिक उत्पादन शुरु गर्नुपर्ने मिति संशोधनका लागि विभिन्न कागजातसहित सम्पर्कमा आउन आग्रह गरेको हो ।

प्राधिकरणको २०७१ भदौ ३१ गतेको ६ सय ८८ औँ बैठकबाट निजी क्षेत्रका विद्युत् प्रवर्द्धक कम्पनीसँग सम्पन्न विद्युत् खरिद सम्झौता र ग्रिड कनेक्सन एग्रिमेन्टमा उल्लिखित प्राधिकरणको दायित्वमा पर्ने प्रसारण लाइन तथा सबस्टेशन निर्माण कार्य सम्पन्न नभएका कारण उक्त सम्झौता संशोधन गर्न लागिएको हो ।

प्राधिकरणले आयोजनाको विद्युत् उत्पादनको अनुमतिपत्र प्राप्त भएको, आयोजनाको वित्तीय व्यवस्थापन सम्पन्न भएको कागजातको विवरण पेश गर्नुपर्नेछ ।

यस्तै, व्यापारिक उत्पादन सुरु गर्ने मिति समाप्त हुनु अगावै त्यसका लागि प्राधिकरणमा पेश गरेको आवेदन जरुरी पर्नेछ ।

यस्तै, आयोजनाले भौतिक निर्माण कार्य गरी प्राधिकरणको प्रसारण लाइन तथा सबस्टेशन निर्माण प्रगतिको अनुपातमा प्रगति हासिल गरेको विवरण जरुरी पर्ने प्राधिकरणको सूचनामा उल्लेख छ ।

निजी क्षेत्रका प्रवर्द्धकले लामो समयदेखि  व्यापारिक उत्पादन शुरु गर्नुपर्ने मिति संशोधन गरिदिन आग्रह गर्दै आएको थियो । सोही आग्रहका आधारमा प्राधिकरणले सूचना मार्फत सम्पर्कमा आउन आग्रह गरेको उल्लेख छ । 

प्रकाशित मिति : १३ बैशाख २०८३, आइतबार  ६ : २५ बजे

युद्धले बिजुली प्रणाली ध्वस्त पारेपछि सौर्य ऊर्जातर्फ मोडिँदै सुडानी

ओम्दुरमान– युद्धका कारण सुडानको विद्युत प्रणाली जर्जर बन्दै गएपछि लामो

देशका लागी ज्यानको आहुति दिने जेन-जीका सपना पुरा गर्न सरकार लागिपरेको छ : गृहमन्त्री

काठमाडौं– जेन-जी आन्दोलनका क्रममा ज्यान गुमाएका शहीदहरूको स्मृतिमा संसद् भवन

मन्दिरको दान बाढी पहिरो पीडितलाई

काठमाडौं– नेपालगन्जको कारकाँदोस्थित राधाकृष्ण मन्दिरमा श्रीकृष्ण जन्माष्टमीका अवसरमा संग्लन भएको

बर्दियामा ‘डिएनए’ नमूना सङ्कलन सुरु

बाँके– भोटेकोशी नदीमा आएको भीषण बाढीमा परी सम्पर्कविहीन भएका बर्दियाका नागरिकको

भोटेकोशी बाढी : त्रिवि शिक्षण अस्पतालमा २४४ शव ल्याइयो, १६१ को अस्थायी व्यवस्थापन

काठमाडौं– रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको बाढीमा परेर