टावर मर्मतपछि खार्पुनाथ र सर्केगाडमा पुनः इन्टरनेट सेवा « Khabarhub

टावर मर्मतपछि खार्पुनाथ र सर्केगाडमा पुनः इन्टरनेट सेवा


१३ बैशाख २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

हुम्ला– वैशाख लागेसँगै बिग्रिएको फोरजी टावर मर्मतपछि सञ्चालनमा आएको छ । सर्केगाड गाउँपालिका–६ छ्यागीमा रहेको भुब्रेलेखअन्तर्गत खातिलेखमा रहेको फोरजी रिपिटर टावर अवरुद्ध भएपछि प्रभावित क्षेत्रका स्थानीय करिब दुई सातादेखि इन्टरनेट सेवाबाट वञ्चित हुनुपरेको थियो । उक्त टावरले वैशाख १ गतेदेखि काम गर्न छाडेको थियो ।

सेवा अवरुद्ध भएपछि नेपाल टेलिकम सिमकोटको पहलमा प्राविधिक टोली परिचालन गरिएकामा शनिबार नेपाल टेलिकमका प्राविधिक उब्जन शाहीको नेतृत्वमा टोली सम्बन्धित स्थलमा पुगेर मर्मत सम्पन्न गरी फोरजी सेवा सुरु भएको हो । उक्त टावरको ब्याट्री ब्याकअपमा समस्या आउँदा इन्टरनेट सेवाले काम गर्न छाडेको र शनिबारदेखि टावरले काम गर्न थालेको उनले बताए ।

टावर मर्मतपछि खार्पुनाथ–१, २ र ३ तथा सर्केगाड–१, २, ३ र ६ मा फोरजी इन्टरनेट सेवा पुनः सञ्चालन भएको सर्केगाड–७ का जीवन छत्यालले बताए ।

सेवा सञ्चालनमा आएपछि स्थानीय बासिन्दालाई सञ्चार तथा इन्टरनेट प्रयोगमा सहज भएको छ । त्यस्तै, खार्पुनाथ–१ का लालबहादुर शाहीले सेवा पुनस्थापनाप्रति खुसी व्यक्त गर्दै भविष्यमा यस्ता समस्या दोहोरिन नदिन सम्बन्धित निकायलाई ध्यान दिन आग्रह गरे ।

प्रकाशित मिति : १३ बैशाख २०८३, आइतबार  ७ : ०२ बजे

युद्धले बिजुली प्रणाली ध्वस्त पारेपछि सौर्य ऊर्जातर्फ मोडिँदै सुडानी

ओम्दुरमान– युद्धका कारण सुडानको विद्युत प्रणाली जर्जर बन्दै गएपछि लामो

देशका लागी ज्यानको आहुति दिने जेन-जीका सपना पुरा गर्न सरकार लागिपरेको छ : गृहमन्त्री

काठमाडौं– जेन-जी आन्दोलनका क्रममा ज्यान गुमाएका शहीदहरूको स्मृतिमा संसद् भवन

मन्दिरको दान बाढी पहिरो पीडितलाई

काठमाडौं– नेपालगन्जको कारकाँदोस्थित राधाकृष्ण मन्दिरमा श्रीकृष्ण जन्माष्टमीका अवसरमा संग्लन भएको

बर्दियामा ‘डिएनए’ नमूना सङ्कलन सुरु

बाँके– भोटेकोशी नदीमा आएको भीषण बाढीमा परी सम्पर्कविहीन भएका बर्दियाका नागरिकको

भोटेकोशी बाढी : त्रिवि शिक्षण अस्पतालमा २४४ शव ल्याइयो, १६१ को अस्थायी व्यवस्थापन

काठमाडौं– रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको बाढीमा परेर