चालिस युवालाई ‘कम्प्युटर टेक्निसियन’ र छपाइ ‘मेसिन अपरेटर’ तालिम « Khabarhub

चालिस युवालाई ‘कम्प्युटर टेक्निसियन’ र छपाइ ‘मेसिन अपरेटर’ तालिम


१३ बैशाख २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

टीकापुर– यहाँका ४० युवालाई ‘कम्प्युटर टेक्निसियन’ र ‘अफसेट छपाइ मेसिन अपरेटर’ तालिम दिन थालिएको छ । युवालाई रोजगारीसँग जोड्ने उद्देश्यले २० र ‘अफसेट प्रेस’तर्फ २० जनालाई तालिम दिन थालिएको टीकापुर नगरपालिका रोजगार सेवा केन्द्रले जनाएको छ । 

बेरोजगार युवालाई स्वरोजगार बनाउने र सम्भावना भएका क्षेत्रमा रोजगारीका अवसर सृजना गर्न शनिबारदेखि तीन सय ९० घण्टाको तालिम आयोजना गरिएको प्रमुख प्रशासकीय अधिकृत सुमन धितालले जानकारी दिए । 

प्राविधिक सीप भएको मानिस रोजगारीमा जोडिन सहज हुने भएकाले यस्तो तालिम दिन थालिएको उनले बताए । ‘हाल धेरैजसो युवा विदेश गइरहेका छन्, तर प्राविधिक सीप सिकेर स्वदेशमै रोजगारी गर्न सकिन्छ । त्यसका लागि कम्प्युटर र छपाइसम्बन्धी तालिम उपयुक्त हुन्छ भन्ने सुझावका आधारमा योजना बनाएका हौँ’, प्रमुख प्रशासकीय अधिकृत धितालले भने, ‘अब हरेक काममा कम्प्युटर हरेक अपरिहार्य भइसकेको छ । छपाइको काम पनि त्यत्तिकै महत्त्वपूर्ण छ, तर यहाँ कम्प्युटर मर्मत र छपाइको काम गर्न स्थानीय जनशक्ति नभएकाले भारतीय नागरिकले धेरै अवसर पाइरहेका छन्  । त्यसैले पनि यो तालिम आयोजना गरिएको हो ।’

नगरपालिका आर्थिक विकास समितिका संयोजक तथा वडा नं ७ का अध्यक्ष यज्ञप्रसाद न्यौपानेले सीप सिकेर स्वदेशमै रोजगारी गर्न उत्प्रेरित गर्ने उद्देश्यले तालिम आयोजना गरिएको बताए । 

‘बाह्र कक्षापछि रोजगारीका लागि विदेश जाने प्रचलन छ । हाम्रो उद्देश्य युवाले स्वदेशमै राम्रो कमाइ गरुन् भन्ने हो । त्यसैले सीपयुक्त मानिस उत्पादन गर्न आवश्यक छ’, उनले भने । 

आर्थिक विकास शाखा प्रमुख रन्जु आचार्यले रोजगारीका अवसर भएका ठाउँमा दक्ष जनशक्ति अभाव भएकाले पालिकाले दक्ष जनशक्ति उत्पादनका लागि तालिम आयोजना गरेको बताए  । रासस
 

प्रकाशित मिति : १३ बैशाख २०८३, आइतबार  १ : ४१ बजे

सरकारका ७ निर्णय : सुनसरी-सिराहाका पीडितलाई राहत, लगानी बोर्ड, विश्वविद्यालय अनुदान आयोगमा नियुक्ति

काठमाडौं– सरकारले मन्त्रिपरिषद् बैठकबाट विभिन्न प्रशासनिक, कानुनी तथा नीतिगत विषयसँग

लगानी बोर्डको कार्यकारी अधिकृतमा याङ्की उक्याव नियुक्त

काठमाडौं- सरकारले लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृतमा काठमाडौंका याङ्की उक्यावलाई

जापानप्रति उत्तर कोरियाको कडा चेतावनी

सियोल– जापानले सैन्य क्षमता विस्तारलाई तीव्र बनाएको भन्दै उत्तर कोरियाले

हर्क साम्पाङको चेतावनी : गीत गाउन नआउनेलाई पार्टीबाट निकालिदिन्छु

काठमाडौं- श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ आफ्ना अनेक उटाङ्‍गे

उद्योगमन्त्री यादवको निर्देशनपछि एलपीजी ग्यास आपूर्ति सहज बनाउन क्विक रेस्पोन्स टिम गठन

काठमाडौं– उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले उपभोक्ताको घरमा कुनै