छैटौँ दुगुनागढी-लिस्तिकोट ‘माउन्टेन ट्रेल रेस’ आगामी सोमबार « Khabarhub

छैटौँ दुगुनागढी-लिस्तिकोट ‘माउन्टेन ट्रेल रेस’ आगामी सोमबार


१३ बैशाख २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– साहसिक खेल प्रवर्द्धन तथा नेपाली सेनाको इतिहासबारे भावी पुस्तालाई जानकारी दिने उद्देश्यले वैशाख २१ गते दुगुनागढी–लिस्तीकोट ‘माउन्टेन ट्रेल रेस’ आयोजना हुने भएको छ । 

सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिको सहयोग तथा नेपाली सेनाको इन्द्रध्वज गणको समन्वयमा २४.५ किलोमिटर दौड आयोजना हुन लागेको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ । 

सन् १८५५ मा नेपाल र तिब्बतबीच युद्ध हुँदा नेपाली सेनाका शेर, कालीप्रसाद र गोरखनाथ गणले हाल चीनको स्वशासित क्षेत्रको कुती जाने बाटोमा रहेको लिस्ती देवीको दर्शन गरेर राशनपानी, आवास र सुरक्षाका निम्ति दुगुनागढी निर्माण गरेका थिए । उक्त युद्धमा नेपाल विजयी भएका थिए  ।

सिन्धुपाल्चोक जिल्लाका ऐतिहासिक महत्वका यी स्थानको प्रचारप्रसार गरी पर्यटन प्रवर्द्धन गर्न प्रतियोगिता आयोजना गरिएको जनाइएको छ ।

प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनेलाई क्रमशः नगद पुरस्कार रु एक लाख १० हजार, ७५ र ५५ हजार प्रदान गरिनेछ । 

प्रकाशित मिति : १३ बैशाख २०८३, आइतबार  १ : ५० बजे

युद्धले बिजुली प्रणाली ध्वस्त पारेपछि सौर्य ऊर्जातर्फ मोडिँदै सुडानी

ओम्दुरमान– युद्धका कारण सुडानको विद्युत प्रणाली जर्जर बन्दै गएपछि लामो

देशका लागी ज्यानको आहुति दिने जेन-जीका सपना पुरा गर्न सरकार लागिपरेको छ : गृहमन्त्री

काठमाडौं– जेन-जी आन्दोलनका क्रममा ज्यान गुमाएका शहीदहरूको स्मृतिमा संसद् भवन

मन्दिरको दान बाढी पहिरो पीडितलाई

काठमाडौं– नेपालगन्जको कारकाँदोस्थित राधाकृष्ण मन्दिरमा श्रीकृष्ण जन्माष्टमीका अवसरमा संग्लन भएको

बर्दियामा ‘डिएनए’ नमूना सङ्कलन सुरु

बाँके– भोटेकोशी नदीमा आएको भीषण बाढीमा परी सम्पर्कविहीन भएका बर्दियाका नागरिकको

भोटेकोशी बाढी : त्रिवि शिक्षण अस्पतालमा २४४ शव ल्याइयो, १६१ को अस्थायी व्यवस्थापन

काठमाडौं– रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको बाढीमा परेर