नयाँ सरकारले जनभावनाअनुसार काम गर्ने नारायण दाहालको विश्वास « Khabarhub

नयाँ सरकारले जनभावनाअनुसार काम गर्ने नारायण दाहालको विश्वास


१३ बैशाख २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रियसभाका अध्यक्ष नारायण प्रसाद दाहालले नयाँ सरकारले नेपाली जनताको भावना र चाहना अनुसार जिम्मेवारी बोध भएर काम गर्ने विश्वास व्यक्त गरेका छन् । 

आइतबार काठमाडौंमा नेपाल राष्ट्रिय व्यवसायी महासंघको साधारण सभा उद्घाटन गर्दै अध्यक्ष दाहालले जेन-जी आन्दोलनपछि संसारले राम्रैसँग अनुकरण गर्ने स्थिति नेपालले पैदा गरेको र युवाको नेतृत्वमा सरकार बनेको भन्दै नयाँ सरकारले नेपाली जनताको भावना र चाहना अनुसार जिम्मेवारी बोध भएर काम गर्ने विश्वास व्यक्त गरेका हुन् ।

नेपाली जनताको भावनाको कदर गर्दै अघि बढ्न उनले सरकारलाई शुभकामना समेत दिए । त्यस्तै अध्यक्ष दाहालले अव्यवस्थित बजार एवं बिचौलियाहरूको अन्त्य गर्दै उपभोक्ता अधिकार संरक्षण सुदृढ गर्न प्रवृत्तिमार्फत पारदर्शिता अभिवृद्धि गर्न र लगानीमैत्री वातावरण सिर्जना गर्न राज्यका सम्बन्धित निकायहरूलाई थप सक्रिय बनाउनुपर्ने आवश्यकता रहेको धारणा राखे । यसतर्फ संसद्ले निरन्तर निगरानी, खबरदारी र आवश्यक मार्गदर्शन प्रदान गर्ने उनको भनाइ छ ।

उनले विविध कारणले अर्थतन्त्रमा गम्भीर असर परेको भन्दै यसबाट उद्यमी र उपभोक्ताहरूलाई छुटकारा दिलाउन र अर्थतन्त्रलाई चलायमान बनाउन कर प्रणाली लगायतका नीतिगत संरचनामा पुनरावलोकन गर्दै समयको मागसँगै परिमार्जन गर्न अपरिहार्य रहेको धारणा राखे । 

त्यस्तै अध्यक्ष दाहालले पछिल्लो समय विश्व परिवेश, मध्यपूर्व क्षेत्रमा देखिएको द्वन्द्वका कारण पेट्रोलियम पदार्थको मूल्यवृद्धिका कारण समेत नेपालको अर्थतन्त्रमा समेत गम्भीर प्रभाव परेकाले सरकारले कूटनीतिक पहल गर्दै बजारमा स्थिरता कायम गर्न प्रभावकारी रुपमा कूटनीतिक पहल चाल्नुपर्नेमा जोड दिए । 

त्यसैगरी उनले एमआरपी लागू गर्न सकिने सम्भावना र त्यसका चुनौतीबारे महासंघले निरन्तर उठाउँदै आएको गम्भीर विषयले बजारमा पारदर्शिता र उपभोक्ता हित संरक्षणमा टेवा पुर्‍याउने विश्वास लिएको बताए । 

संघीय संसद्को तर्फबाट साना तथा मझौला उद्योगी व्यवसायीहरूको हकहित संरक्षणका लागि आवश्यक पर्ने कानुन निर्माणमा आवश्यक सहजीकरण गर्ने उनको भनाइ छ । 

प्रकाशित मिति : १३ बैशाख २०८३, आइतबार  ४ : ०४ बजे

छेकम्पारवासी यार्सागुम्बा सङ्कलन गर्न लेकतिर

गोरखा– जिल्लाको हिमाली भेग छेकम्पारका बासिन्दा यार्सागुम्बा सङ्कलन गर्न लेकतिर

जोखिमयुक्त क्षेत्रमा बस्नेलाई सुरक्षित स्थानान्तरण र व्यवस्थापन गर्ने काम जारी

काठमाडौं- सरकारले जोखिमयुक्त क्षेत्रमा बसोबास गरिरहेका नागरिकहरूलाई सुरक्षित स्थानमा स्थानान्तरण

गैरीगाउँ–सिनामङ्गलमा घरटहरा हटाउने कार्य निरन्तर

काठमाडौं– काठमाडौं महानगरपालिका–९ अन्तर्गत गैरीगाउँ–सिनामङ्गल क्षेत्रमा अतिक्रमण गरी निर्माण गरिएका घरटहरा

‘रेल सेवालाई व्यावसायिक बनाउन कार्गो सेवा विस्तार गर्नुपर्छ’

महेन्द्रनगर– नेपाल रेल विभागका महानिर्देशक हरिकुमार पोखरेलले रेल सेवालाई दिगो

चर्चामा माइकल ज्याक्सनको बायोपिक

काठमाडौं – अमेरिकी पप गायक तथा ‘किङ अफ पप’को उपमा