जोखिमयुक्त क्षेत्रमा बस्नेलाई सुरक्षित स्थानान्तरण र व्यवस्थापन गर्ने काम जारी « Khabarhub

जोखिमयुक्त क्षेत्रमा बस्नेलाई सुरक्षित स्थानान्तरण र व्यवस्थापन गर्ने काम जारी


१३ बैशाख २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सरकारले जोखिमयुक्त क्षेत्रमा बसोबास गरिरहेका नागरिकहरूलाई सुरक्षित स्थानमा स्थानान्तरण तथा व्यवस्थापन गर्ने कार्य सहज रूपमा अघि बढिरहेको जनाएको छ ।

शहरी विकास मन्त्रालयले आइतबार प्रेस नोट जारी गर्दै साहारा नभएका तथा वास्तविक समस्यामा रहेका नागरिकहरूका लागि सरकारले अर्को व्यवस्था नभएसम्म होटल तथा लजमा बस्ने, खाने लगायतका आधारभूत सुविधाहरूको प्रबन्ध मिलाइएको जनाएको छ ।

मन्त्रालयलका अनुसार सहारा चाहिएका तर अलमलमा परेका नागरिकले कार्य क्षेत्रमा खटिएका प्रहरीसँग सम्पर्क गरी आवश्यक सहयोग लिन सक्नेछन् । साथै, आवश्यकता अनुसार सामान ढुवानीसहित त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सहज रूपमा पुर्‍याउने व्यवस्था पनि मिलाइएको छ ।

रंगशालामा अभिलेख राखेपछि सम्बन्धित लज तथा होटलमा यातायातसहित बसोबासको व्यवस्था मिलाइएको मन्त्रालयले उल्लेख गरेको छ ।

प्रकाशित मिति : १३ बैशाख २०८३, आइतबार  ५ : २८ बजे

देवीघाटमा ६० मिटर लामो एक्रोब्रिज बन्दै, चाँडै सञ्चालनमा आउने (तस्बिरहरू)

काठमाडौं– भदौ १० गते आएको बाढीले त्रिशूली नदीमा रहेका अधिकांश

बाढीले नाम्रुङमा पुल र जलविद्युतमा क्षति : चुमनुब्रीवासी र पर्यटक समस्यामा

गोरखा – उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका–४ नाम्रुङस्थित बूढीगण्डकी र थेराङ

बाढी प्रभावित क्षेत्रमा एनसेलको निःशुल्क सेवा अवधि पुनः ७ दिन थप

काठमाडौं– एनसेलले रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित क्षेत्रमा प्रदान गर्दै

भोटेकोशी बाढीः ट्रमा सेन्टरमा उपचाररत ३८ घाइते डिस्चार्ज, १२ जनाको उपचार जारी

काठमाडौँ – रसुवास्थित भोटेकोशी नदीमा यही भदौ १० गते आएको

न्युजिल्यान्डलाई नेपाल ‘ए’ले दियो २१२ रनको लक्ष्य

काठमाडौँ – अष्ट्रेलियामा जारी शृङ्खलाको अन्तिम एकदिवसीय खेलमा नेपाल ‘ए’