भ्रामक पोस्टरप्रति सुहाङको आपत्ति, सतर्क रहन सञ्चारकर्मीलाई आग्रह « Khabarhub

भ्रामक पोस्टरप्रति सुहाङको आपत्ति, सतर्क रहन सञ्चारकर्मीलाई आग्रह


१३ बैशाख २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


255
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा एमालेका सांसद सुहाङ नेम्वाङले आफ्नो नाम र तस्बिर प्रयोग गरेर सामाजिक सञ्जालमा फैल्याइएका भ्रामक सामग्रीप्रति गम्भीर ध्यानाकर्षण भएको बताएका छन्।

सञ्चारकर्मीहरूलाई सम्बोधन गर्दै उनले प्रतिनिधिसभा बैठक स्थगनपछि आफू इलामकेन्द्रित अभियानमा व्यस्त रहेको आइतबार उल्लेख गरेका छन्।

उनले सार्वजनिक सरोकारका विषयमा सधैं स्पष्ट धारणा राख्दै आएको बताउँदै पछिल्ला राजनीतिक घटनाक्रमलाई दीर्घकालीन प्रभावका आधारमा विश्लेषण गरिरहेको जनाएका छन्।

नेम्वाङले सामाजिक सञ्जालका विभिन्न पेजहरूमा ‘उनको भनाइ’ भन्दै प्रचारित पोस्टर र डिजाइनहरू आफ्नो वास्तविक धारणा नभएको स्पष्ट पारेका छन्।
‘ती सामग्रीमा व्यक्त विचार मेरो व्यक्तिगत वा राजनीतिक दृष्टिकोणसँग मेल खाँदैनन्,’ उनले भनेका छन्।

उनले सञ्चारकर्मी तथा सर्वसाधारणलाई यस्ता भ्रामक सामग्री पोस्ट वा शेयर नगर्न आग्रह गरेका छन्। साथै, गलत सूचनाका आधारमा कुनै धारणा नबनाउन समेत अनुरोध गरेका छन्।

जिम्मेवार सञ्चार माध्यमबाट यस्ता गतिविधि नभए पनि विभिन्न अनलाइन पेज र फेसबुकमार्फत् भ्रम फैल्याउने काम भइरहेको उनले बताएका छन्। त्यसप्रति सजग रहन उनले सबैलाई आह्वान गरेका छन्।

प्रकाशित मिति : १३ बैशाख २०८३, आइतबार  ६ : ०६ बजे

सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा

कर्णाली – सुर्खेतमा खाना पकाउने ग्यासको अभाव भएपछि उपभोक्तामा चुलो

नेपालको कमजोर प्रदर्शन जारी, नेदरल्यान्ड्सले सजिलै हरायो

काठमाडौं – आईसीसी विश्वकप लिग २ अन्तर्गतको एक दिवसीय खेलमा

बिरामीलाई निःशुल्क रगत उपलब्ध गराउँदै अर्जुनधारा

झापा – यहाँको अर्जुनधारा नगरपालिका र नेपाल रेडक्रस सोसाइटी झापा

मध्यपूर्वको स्थिति ‘कल्पनाभन्दा बाहिर’ : महासचिव गुटेर्रेस

संयुक्त राष्ट्रसङ्घ – मध्यपूर्वमा जारी द्वन्द्वले क्षेत्रलाई ‘कल्पनाभन्दा बाहिर’ पु-याएको

अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी

वासिङ्गटन – यमनका हुथी विद्रोहीहरूले ढुवानी जहाजहरूमाथि गरेको आक्रमणको लागि