आज २०८३ साल जेठ १२ गते मंगलबारको राशिफल « Khabarhub

आज २०८३ साल जेठ १२ गते मंगलबारको राशिफल


१२ जेठ २०८३, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


663
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – २०८३ साल जेठ १२ गते मंगलबार अधिक जेठ कृष्ण पक्षको दशमी तिथि। तदनुसार सन् २०२६ मे २६ तारिख। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका लागि ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेश :

मेष : स्वास्थ्यमा ख्याल गर्नुपर्ने दिन छ। शिक्षामा मिहिनेत गरेको भए फल प्राप्त हुनेछ। परिवारभित्र थोरै बोलेर मन जित्नुपर्ने। राज्यको तर्फबाट भय र त्रास भए पनि काममा सफलता मिल्नेछ।

वृष : आज बोलीको प्रभावले काम बन्नेछ। शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ। परिवारको तर्फबाट खुशी मिल्ने योग छ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ। व्यापारमा गरेको लगानीको फल मिल्नेछ ।

मिथुन : राजनीतिक क्षेत्रमा देखिएका समस्या समाधान हुनेछ। शक्ति र बल भन्दा पनि बुद्धिले काम गर्नुपर्नेछ। व्यापारमा गरेको लगानीबाट फाइदा हुनेछ। परिवारमा मान र सम्मान बढ्नेछ।

कर्कट : आम्दानी बढ्नेछ। स्वास्थ्यमा गरेको प्रयास सफल बन्नेछ। राजनीतिक क्षेत्रमा खुट्टा तान्ने मान्छे सक्रिय रहेकाले सचेत बन्नुपर्नेछ। धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गर्नु राम्रो हुनेछ।

सिंह : शुभ दिन छ । सोचेको काम बन्दा मन शान्त रहनेछ । तर समयको सदुपयोग नगर्ने बानीले पश्चाताप हुनेछ। परिवारको साथ मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ। साथीको सहयोगमा काम बन्नेछ।

कन्या : दिन सहज छ। सोचेको काम बन्नेछ । कर्मचारी हुनुहुन्छ भने बढुवा हुने योग छ। बौद्धिक व्यक्तिसँगको भेटले मन हलुका हुनेछ। परिवारसँगको सम्बन्धमा खटपटी बढ्नेछ।

तुला : सहकार्य गरेर अगाडि बढ्नुपर्ने दिन छ। साथीभाइको साथ र सहयोग प्राप्त हुनेछ। गुरुसँग लिएको सल्लाह अनुसार अगाडि बढेमा सफलता प्राप्त हुनेछ। संकटमा परिवारको साथ मिल्नेछ। देशभित्र गरेको व्यापारमा फाइदा हुनेछ।

वृश्चिक : परिवारसँग बसेर रमाइलो गर्ने अवसर मिल्नेछ। शिक्षामा गरेको मिहिनेतको फल प्राप्त हुनेछ। स्वास्थ्यमा गम्भीर समस्या हुने जोखिम छ। राज्यको तर्फबाट सेवाको अवसर मिल्नेछ।

धनु : शिक्षाको क्षेत्रमा प्रगति हुनेछ। सञ्चित धन खर्च हुनेछ। इज्जत बढ्ने दिन छ। स्वास्थ्यमा सचेत बन्नुपर्ने समय छ। पिपललाई दाहिने पारेर यात्राको सुरुवात गरेमा दिन सहज बन्नेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ।

मकर : दिन सामान्य छ। ठुलो कारोबार नगर्नु राम्रो हुन्छ। खानपानमा ख्याल नगर्दा स्वास्थ्यमा जोखिम बढ्नेछ। बौद्धिक साथी विपक्षी कित्तामा पुगेकाले काम गर्नु अगाडि सचेत बन्नुपर्नेछ।

कुम्भ : सोचेर मात्रै बोल्नुपर्ने समय छ। सकारात्मक बोले पनि अर्थ नकारात्मक लाग्नेछ। तपाईंको उदार भावलाई कामजोर ठान्ने धेरै छन्। धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गरेमा दैनिकी सहज बन्नेछ।

मीन :आज धन लाभ हुने योग छ। स्वास्थ्यमा सुधार हुनेछ। सामाजिक अभियन्तासँगको भेटले मन शान्त बन्नेछ। परिवारसँग गरेको सल्लाहले काम सहजै बन्नेछ। व्यापारमा गरेको मिहिनेतको फल मिल्नेछ ।

प्रकाशित मिति : १२ जेठ २०८३, मंगलबार  ५ : १४ बजे

कानुनी झमेलामा पर्दै युवा कमेडियन

काठमाडौँ- नेपालमा कमेडी विधा बाउन्स ब्याक भएको अवस्थामा छ ।

हावाहुरीले घर भत्किँदा एक महिलाको मृत्यु

रौतहट– रौतहटमा सोमबार साँझ आएको हावहुरीले घर भत्किएर थिच्दा एक

कञ्चनपुरको नक्टाबाबा मन्दिरमा गङ्गादशहरा मेला

कञ्चनपुर– कञ्चनपुरको बेलौरी नगरपालिका–५ भकुण्डास्थित ऐतिहासिक तथा धार्मिक आस्थाको केन्द्र

अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसदको प्रतिनिधिसभा अन्तर्गत रहेको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन

केही पहाडी भूभागमा वर्षा र तराईमा तातो हावा चल्ने सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल