१५ दिनभित्र घरबहाल नबुझाए ग्यालेक्सी टेलिभिजनका सामान लिलाम हुने « Khabarhub

१५ दिनभित्र घरबहाल नबुझाए ग्यालेक्सी टेलिभिजनका सामान लिलाम हुने


१२ जेठ २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– काठमाडौँ महानगरपालिकाले ग्यालेक्सी फोर के (Galaxy 4K) टेलिभिजनलाई १५ दिनभित्र घरधनीलाई बुझाउनुपर्ने बहाल रकम बुझाई आफ्नो सरसामान लैजान सूचित गरेको छ ।

महानगरपालिकाले आज एक सूचना जारी गर्दै गोरखा मिडिया नेटवर्क प्रालिद्वारा सञ्चालित ग्यालेक्सी टेलिभिजनलाई तोकिएको समयभित्र सामान नहटाए लिलाम प्रक्रिया अगाडि बढाउने चेतावनी दिएको छ ।

काठमाडौँ महानगरपालिका– ३ स्थित घरधनी मृगेन्द्र प्रसाद मिश्रले गोरखा मिडिया नेटवर्कका अध्यक्ष गितेन्द्र बाबु (जीबी) राईविरुद्ध घरजग्गा खाली गराई भाडा असुल गरिपाऊँ भनी मुद्दा दायर गरेका थिए ।

सो मुद्दामा महानगरको न्यायिक समितिले २०८१ साल कात्तिकमा घरजग्गा खाली गराउने र बहाल रकम तथा बहाल कर गोरखा मिडियाबाट भराउने निर्णय गरेको थियो ।

महानगरको न्यायिक समितिले गरेको सो निर्णय कार्यान्वयन नभएपछि उच्च अदालत पाटनले २०८२ साल साउन २८ गते दुई महिनाभित्र निर्णय कार्यान्वयन गर्न महानगरको नाममा परमादेश जारी गरेको थियो ।

अदालतको आदेशपछि २०८२ साल कात्तिक १४ गते महानगरले घरजग्गा खाली गराए पनि अझै ग्यालेक्सी ४के टेलिभिजनका सरसामानहरू सोही स्थानमा रहेका छन् ।

अदालतको आदेशपछि पनि सरसामान नहटाइएपछि घरधनी मृगेन्द्र मिश्रले गत वैशाख २१ गते सामानहरू लिलाम गरिपाऊँ भनी महानगरमा निवेदन दिएका थिए । सोही निवेदनका आधारमा महानगरले अन्तिम सूचना सार्वजनिक गरेको जनाएको छ ।

तोकिएको १५ दिनको समयमा पनि सामान नहटाए काठमाडौँ महानगरपालिका विवाद निरुपण (कार्यविधि) ऐन २०७५ को दफा ७० बमोजिम सामानहरु लिलाम गरिने महानगरले जनाएको छ ।

गोरखा मिडिया नेटवर्क प्रालिद्वारा सञ्चालित ग्यालेक्सी टेलिभिजन लामो समयदेखि बन्द अवस्थामा रहेको छ भने सहकारी ठगी प्रकरणमा मुछिएका अध्यक्ष जीबी राई फरार छन् ।

प्रकाशित मिति : १२ जेठ २०८३, मंगलबार  १० : ४४ बजे

माथिल्लो त्रिशूली-१ जलविद्युत् आयोजनाबाट ५५७ जना अझै सम्पर्कविहीन

काठमाडौं– भोटेकोशी नदीमा यही भदौ १० गते गएको बाढीको कारण

देशकै छातीमा वज्रपात भयो, सबै दल र नागरिक जुटेर सामना गरौँ : प्रधानमन्त्री (पूर्णपाठ)

काठमाडौं– रसुवास्थित भोटेकोशीमा भदौ १० गते बुधबार आएको विनाशकारी बाढीले

सेनालाई धन्यवाद होइन, तलब बढाउनुपर्छ : ज्ञानेन्द्र शाही

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता ज्ञानेन्द्र शाहीले विपद्का बेला

हामी साथमा छौँ, सरकारले अझ व्यापक काम गरोस् : ज्ञानेन्द्र शाही

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता ज्ञानेन्द्र शाहीले बाढीपहिरोका कारण

उद्धारमा विदेशी ल्याउन भएको ढिलाइबारे प्रधानमन्त्रीको जवाफ : प्रक्रिया छोटोसमेत गरायौँ

काठमाडौं – गत बुधबारको रसुवा बाढीका कारण विभिन्न जलविद्युत् आयोजनाको