देशका विभिन्न स्थानमा हावाहुरीले पुर्‍यायो क्षति, सांसदले गराए सरकारको ध्यानाकर्षण « Khabarhub

देशका विभिन्न स्थानमा हावाहुरीले पुर्‍यायो क्षति, सांसदले गराए सरकारको ध्यानाकर्षण


१२ जेष्ठ २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सांसदहरूले सोमबार रातीको हावाहुरीले देशका विभिन्न स्थानमा सर्वसाधारणको घरमा क्षति पुगेको भन्दै तत्काल राहतको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । 

मंगलबार प्रतिनिधिसभाको आकस्मिक समयमा सांसदहरूले हावाहुरीबाट प्रभावित पीडितहरूलाई राहतका साथै अस्थायी बसोबासको व्यवस्था मिलाउन सरकारको ध्यानाकर्षण गराएका हुन् ।

सांसद सोम शर्माले बागलुङमा ठूलो हावाहुरीसहितको वर्षका कारण ३४ घरका साथै चार वटा विद्यालयमा क्षति पुगेको जानकारी गराए । उनले हावाहुरीका कारण बालीमा समेत क्षति पुगेको भन्दै विपद् प्राधिकरणमार्फत उचित राहतका साथै क्षतिपूर्तिको माग गरे ।

त्यस्तै सांसद बलावती शर्माले हावाहुरीका कारण बागलुङका सबै पालीकाका बासिन्दाहरू प्रभावित भएको भन्दै घरबारविहीन हुनुपरेका नागरिकलाई तत्काल राहतका साथै अस्थायी बसोबासको व्यवस्था मिलाउन आग्रह गरिन् ।

त्यस्तै सांसद गोविन्द पन्थीले सोमबार रातीको हावाहुरीका कारण गुल्मीको मालिका गाँउपालिकामा ठूलो क्षति पुगेकाले घरबारविहीन नागरिकलाई तत्काल उद्धार गरी राहत र पुनर्स्थापनाको उचित व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराए  ।

त्यस्तै अन्य सांसदहरूले पनि हावाहुरीका कारण ग्रामीण क्षेत्रमा कृषि बाली, विद्यालय भवन तथा स्थानीय जनताका आवासीय घरहरूमा क्षति भएकाले तत्काल राहतको माग गरेका थिए । 

प्रकाशित मिति : १२ जेष्ठ २०८३, मंगलबार  १२ : ३३ बजे

बेनी–जोमसोम सडक अवरुद्ध हुँदा मुस्ताङको स्याउ बिक्री हुन कठिन

मुस्ताङ– व्यापारीले केही महिनादेखि मुस्ताङको स्याउ सोचेजति बिक्री गर्न सकेका

एनपीएलमा चितवनको विजयी सुरुवात, विराटनगर पराजित

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा चितवन राइनोजले विजयी सुरुवात गरेको

भोटेकोशी बाढीका कारण घरपरिवार र व्यवसायमा ७९ अर्बको क्षति : आयोग

काठमाडौँ– रसुवाको भोटेकोशी बाढीका कारण घरपरिवार र व्यवसायरप्रतिष्ठानतर्फ ७९ अर्ब

तिहारमा ५२ लाख माला खपत हुने अनुमान, कति होला कारोबार ? 

काठमाडौँ– आगामी तिहारमा काठमाडौँ उपत्यका करिब ५२ लाख वटा फूलका

कांग्रेसलाई एकढिक्का बनाउन विशेष संवाद अभियान चलाउनुपर्छ : गगन थापा

पोखरा- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीलाई एकढिक्का बनाउन विशेष