संसद्‍बाट सरकारलाई प्रश्न : जीबी राई कहिले पक्राउ पर्छन् ? « Khabarhub

संसद्‍बाट सरकारलाई प्रश्न : जीबी राई कहिले पक्राउ पर्छन् ?


१२ जेष्ठ २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- विभिन्न पाँचभन्दा धेरै सहकारीको अर्बौँ रुपैयाँ अपचलनपछि फरार राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेका साझेदार गितेन्द्रबाबु राई (जीबी) बारे संसद्मा प्रश्न उठेको छ।

रवि र जीबीले मिलेर सञ्चालन गरेको गोर्खा मिडिया नेट्वर्कका नाममा दुईजनासहितले अर्बौँ रुपैयाँ हिनामिना गरेको मुद्दा अहिले अदालतमा विचाराधीन छ।

उता कास्की जिल्ला अदालतमा रहेको संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दाबाट यी दुवैजनालाई राहत मिलिसकेको छ।

गम्भीर अपराधबाट चोख्याउने काम भइरहँदा सोमबार बसेको संसद् बैठकमा श्रम संस्कृति पार्टीका सांसद आरेन राईले जीबी राईबारे सरकारलाई प्रश्न गरेका छन् । अहिले रास्वपाको शक्तिशाली सरकार रहेका बेला पनि जीबी पक्राउ पर्ने टुंगो नभएको बताउँदै उनले संसद्‍बाट प्रश्न गरेका हुन् ।

प्रतिनिधि सभाको बैठकको शून्य समयमा सांसद राईले बोल्दै सहकारी ठगीमा परेकाहरूलाई राहत दिनुपर्ने पनि बताए । तर रहातका नाममा सरकारी ढुकुटी रित्याउन नहुने पनि उनले बताएका छन् ।

राईले बाँदर व्यवस्थापनसहितका मुद्दा पनि आफ्ना भनाइ राखे । ‘बाँदर व्यवस्थापन कहिले हुन्छ सरकार ? सुकुम्वासी र अव्यवस्थित बसोबासीलाई सरकार छ भन्ने अनुभूत हुने गरी व्यवस्थापन कहिले हुन्छ सरकार ?’, उनले सोधे, ‘जीबी राई कहिले पक्राउ पर्छन् सरकार ?’

प्रकाशित मिति : १२ जेष्ठ २०८३, मंगलबार  १ : ०० बजे

एनपीएलमा चितवनको विजयी सुरुवात, विराटनगर पराजित

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा चितवन राइनोजले विजयी सुरुवात गरेको

भोटेकोशी बाढीका कारण घरपरिवार र व्यवसायमा ७९ अर्बको क्षति : आयोग

काठमाडौँ– रसुवाको भोटेकोशी बाढीका कारण घरपरिवार र व्यवसायरप्रतिष्ठानतर्फ ७९ अर्ब

तिहारमा ५२ लाख माला खपत हुने अनुमान, कति होला कारोबार ? 

काठमाडौँ– आगामी तिहारमा काठमाडौँ उपत्यका करिब ५२ लाख वटा फूलका

कांग्रेसलाई एकढिक्का बनाउन विशेष संवाद अभियान चलाउनुपर्छ : गगन थापा

पोखरा- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीलाई एकढिक्का बनाउन विशेष

झिनो अंकले बढ्यो नेप्से परिसूचक, कारोबार कति ?

काठमाडौँ– धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो