असिना पानीले मकै, फलफूल तथा तरकारी बालीमा क्षति « Khabarhub

असिना पानीले मकै, फलफूल तथा तरकारी बालीमा क्षति


१२ जेठ २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

गण्डकी– सोमबार आएको हावाहुरीसहितको असिना पानीका कारण पोखराका विभिन्न स्थानमा मकै, फलफूल तथा तरकारी बालीमा क्षति पुगेको छ ।

हावाहुरीसहितको असिना पानीका कारण महानगर क्षेत्रका वडा नं १३, २२, २३, २४, २८, ३१, ३२, ३३ लगायतका वडामा लगाइएको मकैसहित फलफूल तथा तरकारी बारीमा क्षति पुगेको पोखरा महानगरपालिका कृषि विकास शाखाका प्रमुख मनहर कडरियाले जानकारी दिए ।

कृषि प्राविधिक एवम् वडास्तरीय कृषि सञ्जालबाट क्षतिको विवरण संकलन सुरु गरिएको छ । वडा नं १३ मा लगाइएको करिब २०० रोपनी क्षेत्रफलको तरबुजालाई असिनाले क्षति पुर्‍याएको छ ।

 सुरौदी खोलामा पानीको बहाव बढेपछि महानगरको ३३ नं वडाको सुरौदी तिखेढुुङ्गा क्षेत्रमा पुल नहुँदा ३५ रोपनीभन्दा बढी क्षेत्रफलमा लगाइएको तरबुजा बजारमा ल्याउन मुस्किल भएको छ । 
 

प्रकाशित मिति : १२ जेठ २०८३, मंगलबार  ३ : ५८ बजे

प्रतिनिधिसभा बैठक : पाँच विधेयक प्रस्तुत हुने, आर्थिक विधेयक पारित गर्ने कार्यसूची

काठमाडौं– प्रतिनिधिसभाको आजको बैठकमा पाँच वटा विधेयक प्रस्तुत हुँदैछन् ।

भेनेजुएलामा भूकम्प: ज्यान गुमाउनेको संख्या २३५ पुग्यो, चार हजार बढी घाइते

काठमाडौँ – उत्तरी भेनेजुएलामा लगातार गएका दुईवटा शक्तिशाली भूकम्पमा परी

रास्वपा महाधिवेशन : कुन केन्द्रीय सदस्यले कति मत पाए ?

 चितवन– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनअन्तर्गत ३२ जना केन्द्रीय

पत्रकार विनोद ढकाल पक्राउ : अनुसन्धानका लागि सुनसरी पठाइने

काठमाडौँ – पत्रकार विनोद ढकाललाई प्रहरीले पक्राउ गरेको छ। उनलाई

यस्तो छ आजको तरकारी तथा फलफूलको मूल्य

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि