परराष्ट्रद्वारा ‘मोफा मित्र’ एप सार्वजनिक, विदेशस्थित नेपालीलाई सहयोग सहज हुने « Khabarhub

परराष्ट्रद्वारा ‘मोफा मित्र’ एप सार्वजनिक, विदेशस्थित नेपालीलाई सहयोग सहज हुने


१२ जेष्ठ २०८३, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


111
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– विदेशमा रहेका नेपाली नागरिकहरूको संरक्षण, सहयोग, खोजतलास तथा उद्धार कार्यलाई थप सहज, प्रभावकारी र प्रविधिमैत्री बनाउने उद्देश्यका साथ परराष्ट्र मन्त्रालयले नयाँ मोबाइल एप सार्वजनिक गरेको छ । 

कन्सुलर सेवा विभागद्वारा विकसित गरिएको ‘मोफा मित्र’ नामक सो एप जेठ १२ गते मंगलबार एक कार्यक्रमका बीच सार्वजनिक गरिएको हो ।

परराष्ट्रमन्त्री शिशिर खनालको प्रमुख आतिथ्यतामा एपको औपचारिक शुभारम्भ गरिएको थियो ।

यस एपको सञ्चालनसँगै विदेशमा अप्ठ्यारोमा परेका वा उद्धारको पर्खाइमा रहेका नेपाली नागरिकहरूले सिधै विभाग वा विदेशस्थित नेपाली नियोगहरूमा आफ्नो गुनासो दर्ता गराउन सक्नेछन् ।

यो प्रविधिले कन्सुलर सेवा प्रवाहलाई थप चुस्त, पारदर्शी र पहुँचयोग्य बनाउने विश्वास लिइएको छ ।

तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : १२ जेष्ठ २०८३, मंगलबार  ४ : ३० बजे

नभसुरक्षामा नेपाली सेना सक्रिय

काठमाडौं – नेपाली सेनाको हवाई सेवाले दुई लाख घण्टाभन्दा बढी

दीपेन्द्रको अर्धशतकमा सुदूरपश्चिमको पहिलो जित, पोखरा ६ विकेटले पराजित

काठमाडाैं – कप्तान दीपेन्द्रसिंह ऐरीको अविजित अर्धशतकप्रेरित सुदूरपश्चिम रोयल्सले नेपाल

पोखराविरुद्ध सुदूरपश्चिमलाई चौथो झट्का, इशान पाण्डे आउट

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा पोखरा एभेन्जर्सविरुद्ध सुदूरपश्चिम

चिकित्सा शिक्षा क्षेत्रमा राखिएका माग सम्बोधन गरिने

काठमाडौं – स्वास्थ्य तथा चिकित्सा शिक्षा क्षेत्रका आन्दोलनरत विभिन्न पक्षसँग

स्वयम्भू संरक्षणका लागि पाँच करोड ४० लाख बजेट स्वीकृत

काठमाडौँ – विश्व सम्पदा सूचीमा सूचीकृत स्वयम्भूको संरक्षण तथा व्यवस्थापनका लागि