अर्थसंक्षेप : विकासका लागि समानुपातिक बजेट माग, नेप्से ९.२४ अङ्कले ओरालो र खनिज आपूर्ति सुरक्षित गर्न भारत-अमेरिका सम्झौता « Khabarhub

अर्थसंक्षेप : विकासका लागि समानुपातिक बजेट माग, नेप्से ९.२४ अङ्कले ओरालो र खनिज आपूर्ति सुरक्षित गर्न भारत-अमेरिका सम्झौता


१२ जेठ २०८३, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

सरकारले नेपाललाई किन गरिबकै सूचीमा राख्न चाहेको हो ?

सरकारले नेपाललाई कम विकसित मुलुक (एलडीसी)कै सूचीमा राखिरहने व्यवस्था गर्न केही दिनअघि संयुक्त राष्ट्रसंघको विकास नीति समिति (सीडीपी) समक्ष पत्र पठाएको छ । १३ दिनअघि अर्थात् १३ मेमा परराष्ट्रमन्त्री शिशिर खनालले यस्तो पत्र पठाएका हुन् ।

सन् २०२६ नोभेम्बर २४ मा नेपाल अतिकम विकसित मुलुकबाट विकासशील मुलुकमा स्तरोन्नति हुने तयारी थियो । तर सरकारले सन् २०२९ नोभेम्बरसम्मका लागि स्तरोन्नति प्रक्रिया रोक्न आग्रह गर्दै पठाएको छ ।

सरकारले मुलुकको स्तरोन्नति प्रक्रियालाई रोक्न औपचारिक रूपमै पत्र पठाएपछि के सरकारले नेपाललाई अतिकम विकसित पहिचानमै राख्न चाहेको हो भन्ने बहस पनि भएको छ । पाँच वर्षे सरकार सञ्चालनको म्यान्डेट लिएर आएको शक्तिशाली सरकारले किन यस्तो निर्णय गर्‍यो ?

अब आउने बजेटले टार्ला त स्वास्थ्य बीमाको संकट ?

नेप्से परिसूचक ९.२४ अङ्कले ओरालो

तोलामा एक हजार तीन सयले घट्यो सुनको मूल्य

मध्य काठमाडौंमा १३२ केभी क्षमताको भूमिगत प्रसारण लाइन निर्माण हुने

महालेखा परीक्षकको प्रतिवेदन : ४९ वटा झोलुङ्गे पुल अलपत्र

तुइन विस्थापन गरी नागरिकलाई सहज रुपमा आवतजावत गर्न निर्माण सुरु गरिएका ४९ वटा झोलुङ्गे पुल अलपत्र अवस्थामा रहेको पाइएको छ ।

महालेखापरीक्षकको कार्यालयको ६३औँ वार्षिक प्रतिवेदनअनुसार झोलुङ्गे पुल निर्माणको जिम्मा लिई अलपत्र पार्ने निर्माण व्यवसायीलाई जिम्मेवार बनाउन सुझाव दिएको छ ।

बजेटमा उत्पादन, रोजगारी र पर्यटन क्षेत्रलाई प्राथमिकता दिन्छौँ : मुख्यमन्त्री कार्की

महालेखापरीक्षकको प्रतिवेदन : ४९ वटा झोलुङ्गे पुल अलपत्र

प्रतिनिधिसभा : विकास निर्माणका लागि समानुपातिक बजेटको माग

खनिज आपूर्ति सुरक्षित गर्न भारत–अमेरिकाबीच ऐतिहासिक सम्झौता

भारत र संयुक्त राज्य अमेरिकाले मङ्गलबार महत्वपूर्ण खनिज र दुर्लभ पृथ्वीजन्य तत्वहरूको आपूर्ति, खनन् तथा प्रशोधन सुरक्षित गर्न द्विपक्षीय सम्झौतामा हस्ताक्षर गरेका छन् । भारतीय विदेश मन्त्री एस जयशंकरले द्विपक्षीय छलफल र क्वाड विदेश मन्त्रीहरूको बैठक पछि विश्वव्यापी परिदृश्यमा यसको रणनीतिक महत्वलाई प्रकाश पार्दै ऐतिहासिक सम्झौताको घोषणा गरेका हुन् ।

क्वाड बैठकमा यो विषयमा पनि छलफल भएको कुरामा जोड दिँदै उनले यी स्रोतहरू सुरक्षित गर्नु महत्वपूर्ण भएको उल्लेख गरेका छन् । सम्झौता महत्वपूर्ण खनिज र दुर्लभ पृथ्वी जन्य आपूर्तिलाई सहज बनाउने उद्देश्यले गरिएको जनाइएको छ । उनका अनुसार सम्झौतामा खानी, प्रशोधन, प्रर्वदन र सम्बन्धित लगानी समावेश हुनेछ ।

उखु किसानको भुक्तानी माग्दै अमरेशले भने- रोपाइँ सुरू हुन लाग्यो, मल चाहियो

लैङ्गिक उत्तरदायी बजेटलाई अझै ‘महिला लक्षित बजेट’ कै रूपमा बुझ्ने प्रवृत्ति

प्रकाशित मिति : १२ जेठ २०८३, मंगलबार  ६ : ५३ बजे

वीरगञ्जका मेयर सिंहविरुद्ध पक्राउ पुर्जी जारी

काठमाडौं- जिल्ला अदालत पर्साले वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंहविरुद्ध पक्राउ

‘कर्णाली तिर’को ट्रिजर सार्वजनिक

काठमाडौं – गायक अर्जुन सुनारको नयाँ गीत ‘कर्णाली तिर’को ट्रिजर

निजी क्षेत्रलाई निर्धक्क भएर व्यवसाय गर्न सरकारको आग्रह

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहका राजनीतिक सल्लाहकार तथा संविधान संशोधन बहसपत्र तयारी

कङ्गोमा इबोला फैलिँदै, स्वास्थ्य केन्द्रमाथि आक्रमण

बुनिया- कङ्गोको पूर्वी भागमा ‘इबोला’ भाइरसको प्रकोप तीव्र बन्दै गएको

बजेट लेखन अन्तिम चरणमा

काठमाडौं– सरोकारवाला निकायको महत्त्वपूर्ण सुझावलाई समेटेर अर्थ मन्त्रालयले आगामी आर्थिक