हिरासतमा मृत्यु प्रकरण : दश जना प्रहरीलाई कारबाही सिफारिस « Khabarhub

हिरासतमा मृत्यु प्रकरण : दश जना प्रहरीलाई कारबाही सिफारिस


१२ जेठ २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


228
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सिन्धुलीको इलाका प्रहरी कार्यालय खुर्कोटको हिरासत कक्षमा थुनुवाको मृत्यु भएको घटनामा प्रहरी उपरीक्षकदेखि प्रहरी जवानसम्म १० जनालाई कारबाहीको सिफारिस भएको छ ।
 
सिन्धुलीको सुनकोशी गाउँपालिका–३ जुम्लीडाँडा बस्ने २३ वर्षीय श्रीकृष्ण विकको हिरासत कक्षमा मृत्यु भएको घटनाको छानबिन गर्न गठित प्रहरी नायब महानिरीक्षक दिनेशकुमार आचार्य नेतृत्वको छानबिन समितिले उनीलाई कारबाही सिफारिस गरेको हो ।
 
समितिले एक जनालाई सचेत, दुई जनालाई ध्यानाकर्षण, पाँच जनालाई चेतावनीसहित जिम्मेवारीबाट अलग, एक जनालाई नसिहत र एक जनालाई ग्रेड घटुवा गर्न सिफारिस गरेको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ ।
 
समितिले हिरासतमा रहेका व्यक्तिको जीवन सुरक्षालाई उच्च प्राथमिकतामा राखी कार्य गर्न, हिरासत व्यवस्थापन कार्य निर्देशन, २०८१ को पूर्ण कार्यान्वयन र कार्य सुनिश्चितता गर्ने डिउटीका समयमा अन्य काममा सङ्लग्न नहुने तथा नियमित निगरानी सुनिश्चित गर्ने सुझाव दिएको छ ।

प्रकाशित मिति : १२ जेठ २०८३, मंगलबार  ६ : ३६ बजे

बाढी गएको आठ दिनपछि ओली प्रभावित क्षेत्रमा

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बाढी प्रभावित क्षेत्रको

टिमुरे बगेको २० मिनेटपछि काठमाडौंमा खबर, पहिलो २ घण्टामा सरकारले के-के गर्‍यो ?

काठमाडौं – रसुवास्थित भोटेकोशीमा भदौ १० गते बुधबार आएको विनाशकारी

सुरुङमा फसेकाको उद्धार तत्काल असम्भव, प्रधानमन्त्रीले भने : मौसमले साथ दिएर हिलो सुकेपछि सकिएला

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहले भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण

यतिबेला हामीलाई विश्राम लिने छुट छैन : प्रधानमन्त्री शाह

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहले विपद्का समयमा सरकारलाई थकित भयो भनेर

सम्बोधन सक्नेबित्तिकै संसद्‍बाट हिँडे प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाह प्रतिनिधिसभामा आफ्नो सम्बोधन सकाएर निस्किएका छन्