नदीजन्य पदार्थ उत्खनन रोक « Khabarhub

नदीजन्य पदार्थ उत्खनन रोक


१२ असार २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

मान्म– कालीकोटमा नदी, खोलाबाट ढुङ्गा, गिट्टी, बालुवालगायतका नदीजन्य पदार्थ उत्खननमा रोक लगाइएको छ । जिल्ला प्रशासन कार्यालय कालीकोटले अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन तथा संकलन गर्न रोक लगाएको हो। 

अवैध रुपमा नदीजन्य पदार्थ उत्खनन तथा संकलन कार्य हुँदै आइरहेको र पटकपटकका जिल्ला विपद् व्यवस्थापन समितिको बैठकबाट स्थानीय तहले कानुन बनाएरमात्र कानुनसम्मत रूपमा उत्खनन तथा उपयोग गर्ने निर्णय भएकामा त्यसको पालना नभएका कारणले रोक लगाएको जिल्ला प्रशासन कार्यालय कालीकोटले जनाएको छ।
 
जिल्लाका नौवटै स्थानीय तहहरूलाई कानुन निर्माण गरेर नदीजन्य पदार्थ उत्खनन गर्न पटकपटक ताकेता गरे पनि त्यसको उल्लङ्घन गरेका कारणले रोक लगाएको जिल्ला प्रशासन कार्यालय कालीकोटका सहायक प्रमुख जिल्ला अधिकारी तथा सूचना अधिकारी जनक शर्माले बताए।

‘ढुङ्गा, गिट्टी, वालुवा उत्खनन, बिक्री तथा व्यवस्थापनसम्बन्धी मापदण्ड, २०७७ (पहिलो संशोधन २०७९) को दफा ४ को उपदफा (१६) बमोजिम असार १ गतेदेखि भदौ मसान्तसम्म उत्खनन तथा संकलन कार्य गर्न पूर्ण रूपमा बन्द गरिएको छ’, उनले भने, ‘यो निर्णयको विपरीत हुनेगरी नदी वा खोला क्षेत्रमा कुनै नदीजन्य पदार्थको चोरी निकासी तथा अवैध उत्खनन वा संकलन कार्य र क्रियाकलाप गरेर गराएको पाइएमा प्रचलित कानुनबमोजिम कडा कारबाही हुनेछ ।’

हिउँदभर स्थानीय तहहरूले आवश्यक कानुन नै नबनाई प्राकृतिक स्रोतको मनपरी दोहन गरिरहेको अवस्थामा वर्षायाममा आउन सक्ने बाढी, पहिरोजस्ता प्राकृतिक विपद्को जोखिमलाई समेत न्यूनीकरण गर्न जिल्ला प्रशासन कार्यालय निर्णय लिएको जनाएको छ ।

प्रकाशित मिति : १२ असार २०८३, शुक्रबार  ७ : ०२ बजे

नवलपुरका दुई पालिकाले उद्धार कोषमा २३ लाख प्रदान गर्ने

नवलपुर– रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण प्रभावित बनेकाहरूका लागि

नेपाल टेलिकमको त्रिशूली थ्रीए साइट पुनः सञ्चालनमा

काठमाडौं– नेपाल टेलिकमले रसुवाको त्रिशूली थ्रीए जलविद्युत् आयोजनासँगै रहेको टावरमार्फत

भोटेकोशी बाढीपछि परराष्ट्रमन्त्री खनालको सर्बिया भ्रमण स्थगन

काठमाडौं– रसुवा, नुवाकोटलगायत क्षेत्रमा बुधबार आएको विनाशकारी बाढीपछि परराष्ट्रमन्त्री शिशिर

एक सय बढी एम्बुलेन्स घाइतेको उद्धार र शव व्यवस्थापनमा

चितवन– भोटेकोशी बाढीबाट घाइते भएका र मृत्यु भएकाहरूको उद्धार र

त्रिशूली–३ को सुरुङबाट ४३ विदेशीसहित २०८ जना उद्धार

काठमाडौं– रसुवाको भोटेकोशी बाढीका कारण प्रभावितहरूको उद्धारका क्रममा नेपाली सेनाका