रास्वपा केन्द्रीय सदस्यमा निर्वाचित भएपछि सागर ढकालले गरे महामन्त्रीमा उम्मेदवारी घोषणा « Khabarhub

रास्वपा केन्द्रीय सदस्यमा निर्वाचित भएपछि सागर ढकालले गरे महामन्त्रीमा उम्मेदवारी घोषणा


१२ असार २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय सदस्यमा अत्यधिक मतका साथ विजयी भएपछि नेता सागर ढकालले पार्टीको महामन्त्री पदमा उम्मेदवारी घोषणा गरेका छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत उनले महामन्त्री पदमा दोस्रो चरणका लागि उम्मेदवारी दिने निर्णय लिएको जानकारी गराएका हुन् ।

केन्द्रीय सदस्यको चुनावी प्रतिस्पर्धामा शीर्ष चारभित्र परेर विजयी भएका ढकालले मतपत्रमा नाम खोज्न निकै गाह्रो भए पनि आफूलाई विश्वास गरेर मतदान गर्ने सम्पूर्ण पार्टी प्रतिनिधिप्रति आभार प्रकट गरेका छन् । उनले यो जितलाई मतदाताकै जितको रूपमा व्याख्या गरेका छन् ।

“अबका दिनमा पार्टीभित्र सल्लाहकारको भूमिकामा मात्र सीमित नभई, एउटा कुशल चालक बनेर देश र सङ्गठनलाई सही दिशामा डोर्‍याउनु पर्नेछ,” ढकालले फेसबुकमा लेखेका छन् ।

आफ्नो स्टाटसमा समय व्यवस्थापनको मुद्दालाई जोड दिँदै उनले अबका दिनमा समयको कडा पालना गर्नु र गराउनु पर्ने आवश्यकता औंल्याएका छन् । जारी अधिवेशनबाट सबैले समय पालनाको महत्त्व बुझिसकेको महसुस आफूले गरेको भन्दै उनले थपेका छन्, “त्यसैले, अब दोस्रो चरणमा मैले महामन्त्री पदमा उम्मेदवारी दिने निर्णय गरेको छु । सदाझैँ यहाँहरूको माया, साथ र सद्भावको अपेक्षा गर्दछु ।”

प्रकाशित मिति : १२ असार २०८३, शुक्रबार  ६ : ५२ बजे

दशैँको टीका : कतै रौनक, कतै सुनसान

काठमाडौं – आज विजयादशमी । निधारमा रातो टीका र शिरमा

बङ्गलादेशका क्रिकेटर मेहदी हसनले पोखराबाट एनपिएल खेल्ने

काठमाडौं – बङ्गलादेशका अलराउन्डर मेहदी हसनले नेपाल प्रिमियर लिग (एनपिएल)

एनपीएलका सबै खेलले पाए लिस्ट ‘ए’ टी–२० मान्यता

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका सबै

अमेरिका–पुटिन वार्ताबारे विस्तृत जानकारीको प्रतीक्षामा ईयू

ब्रसेल्स – युरोपेली युनियन (ईयू)ले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष

ग्रीसमा पनि विद्यार्थी र शिक्षकद्वारा प्रदर्शन

एथेन्स- जीवनयापनको बढ्दो लागत, विद्यार्थीका लागि सस्तो आवासको अभाव र