भेनेजुएलामा भूकम्प: ज्यान गुमाउनेको संख्या २३५ पुग्यो, चार हजार बढी घाइते « Khabarhub

भेनेजुएलामा भूकम्प: ज्यान गुमाउनेको संख्या २३५ पुग्यो, चार हजार बढी घाइते

उद्धार कार्य तीव्र पारिँदा मृतकको संख्या थप बढ्दै


१२ असार २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – उत्तरी भेनेजुएलामा लगातार गएका दुईवटा शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेको संख्या कम्तीमा २३५ पुगेको छ। भत्किएका भवनको भग्नावशेषमुनि अझै धेरै नागरिक थुनिएको आशंकामा उद्धार टोलीहरूले जीवितै उद्धार गर्ने प्रयासलाई तीव्र पारेका छन्।

भेनेजुएलाका स्वास्थ्य मन्त्रीका अनुसार यस प्राकृतिक विपत्तिमा परी हालसम्म कम्तीमा २३५ जनाको मृत्यु भइसकेको छ भने चार हजार ३ सयभन्दा बढी मानिसहरू घाइते भएका छन्। भूकम्पका कारण देशको उत्तरी तटीय क्षेत्रमा पर्ने ‘ला गुएरा’ मा सबैभन्दा बढी मानवीय तथा भौतिक क्षति दर्ता गरिएको छ।

पछिल्लो समय भग्नावशेषहरू पन्छाउने र प्रभावित क्षेत्रमा राहत पुर्‍याउने काममा उद्धारकर्मीहरू चौबीसै घण्टा खटिएका छन्। मृतक र घाइतेको संख्या अझै बढ्न सक्ने अधिकारीहरूले चिन्ता व्यक्त गरेका छन्।

प्रकाशित मिति : १२ असार २०८३, शुक्रबार  ९ : २९ बजे

त्रिशूली–३ ‘ए’ सुरुङमा फसेकाको उद्धारका लागि संघर्ष : बाढीले थुनिएको बाटो खोलियो

रसुवा– रसुवास्थित त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङमा फसेका व्यक्तिको उद्धारका

रसुवामा चिनियाँ जनमुक्ति सेनाका सुरुङ उद्धार विशेषज्ञ, भारत र चीनका टोली जोडिए

काठमाडौं – रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीपछि विभिन्न जलविद्युत्

रसुवा बाढी : मृतकको संख्या ६२६ पुग्यो

काठमाडौं – रसुवा बाढीमा परी ज्यान गुमाउनेको संख्या ६२६ पुगेको छ। नेपाल

बाढीपीडितका लागि त्रिवि र पोखरा विश्वविद्यालयका कर्मचारीको तलबबाट सहयोग

काठमाडौं – प्राकृतिक विपद्बाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनाका लागि त्रिभुवन

दर कार्यक्रमका लागि जुटाइएको रकम बाढी पीडितलाई सहयोग

म्याग्दी– म्याग्दीको धवलागिरी गाउँपालिकाका छन्त्याल महिलाहरूले तीज पर्वको अवसरमा दरखाने