लागूऔषधको ‘सप्लाई–चेन ब्रेक’ गर्न गृहमन्त्री गुरुङको प्रहरीलाई निर्देशन « Khabarhub

लागूऔषधको ‘सप्लाई–चेन ब्रेक’ गर्न गृहमन्त्री गुरुङको प्रहरीलाई निर्देशन


१२ असार २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


264
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – गृहमन्त्री सुधन गुरुङले क्षणिक मनोरञ्जनका लागि प्रयोग गरिने लागूऔषधको कुलतबाट युवा पुस्तालाई जोगाउन यसको ‘सप्लाई–चेन ब्रेक’ गर्न प्रहरी प्रशासनलाई निर्देशन दिएका छन्।

‘अन्तर्राष्ट्रिय लागूऔषध दुरुपयोग तथा अवैध ओसारपसार विरुद्धको दिवस (जुन २६)’ का अवसरमा एक विशेष सन्देश जारी गर्दै उनले लागूऔषध नियन्त्रणको अन्तर्राष्ट्रिय दिवसलाई औपचारिकतामा मात्र सीमित नराखी यसको जरासम्म पुगेर नियन्त्रण गर्न प्रहरी प्रशासनलाई सक्रिय हुन निर्देशन दिइएको बताएका हुन्।

गृहमन्त्री गुरुङद्वारा जारी सन्देशमा विभिन्न अध्ययन प्रतिवेदनले लागूऔषधको ओसारपसार बढेको देखाएकाले यो विषय चिन्ताजनक रहेको उल्लेख छ। यस चुनौतीसँग लड्न नेपाल सरकारले लागूऔषधलाई सामाजिक चुनौतीका रूपमा लिँदै ‘लागूऔषध अन्त्यको सुरुवात गर्ने अभियान’ नै सञ्चालन गर्ने नीति लिएको उनले प्रस्ट पारेका छन्।

“मुख्यतः यसले कलिला विद्यार्थी तथा युवाको स्वास्थ्य र मानसिक विकासमा ठूलो हानी पुर्‍याएको छ,” सन्देशमा भनिएको छ, “लागूऔषधको ओसारपसार र दुरुपयोग केवल सामाजिक विकृति मात्र नभई यो राष्ट्रिय सुरक्षा, आर्थिक नोक्सानी र जन-स्वास्थ्यलाई कमजोर बनाउने एक जटिल तथा सीमा पारि हुने सङ्गठित अपराध हो।”

यस्ता आपराधिक जालो भत्काउन कानुनको कार्यान्वयनमा कडाइ गरी सबै संयन्त्र परिचालन गरिने र कानुनी सुधारका काम निरन्तर हुने प्रतिबद्धता समेत गृह मन्त्रालयले जनाएको छ। लागूऔषध दुर्व्यसनी मुक्त समाजको लक्ष्य प्राप्तिका लागि मन्त्रालयले रोकथाम, नियन्त्रण र दुर्व्यसनमा फसेकाहरूको उपचार गरी समाजमा पुनः स्थापना गर्ने कार्यलाई प्राथमिकता दिएको

छ। यो सामाजिक चुनौतीको समाधान सरकारको एक्लो प्रयासले मात्र सम्भव नहुने भएकाले स्थानीय समुदाय, तीनै तहका सरकार, विद्यालय, नागरिक समाज र सञ्चार माध्यमलाई सामूहिक साझेदारीका लागि गृहमन्त्रीले आह्वान गरेका छन् ।’लागूऔषधको चुनौती समयमै चिनौँ : सामाजिक समाधानको बाटो खोजौँ’ भन्ने नाराका साथ गृहमन्त्री गुरुङले सुरक्षित समाज निर्माणका लागि सबैलाई नीतिगत स्पष्टता र ठोस कार्यान्वयनतर्फ अघि बढ्न अपिल गरिएको छ ।

प्रकाशित मिति : १२ असार २०८३, शुक्रबार  ९ : ५३ बजे

‘आवेग होइन विवेक प्रयोग गरौँ, घृणाको आगो निभाऔँ’

काठमाडौँ – पूर्वप्रधानमन्त्री एवं नेसपा अध्यक्ष डा. बाबुराम भट्टराईले तराई–मधेशका

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौँ – २०८३ साल साउन १५ गते शुक्रबार सन् २०२६

आज २०८३ साल साउन १५ गते शुक्रबारको राशिफल

काठमाडौँ – २०८३ साल साउन १५ गते शुक्रबार सन् २०२६

रविलाई भेटेका नेता भन्छन् : सोमबार नै प्रधानमन्त्रीले यति गरेको भए देशले क्षति भोग्नुपर्ने थिएन

काठमाडौं- सुनसरीको कप्तानगञ्जमा आइतबारदेखि चर्किएको तनावले पाँच दिनसम्म देशभर संकट

देवानगञ्ज घटनाका घाइतेलाई भेट्न अस्पताल पुगे गृहमन्त्री (तस्बिरहरू)

सुनसरी – सुनसरीको देवानगञ्जमा भएको घटनामा घाइते भएकाहरूलाई भेट्न गृहमन्त्री