महिला उपसभापतिमा तोशीमा र सोबिताबीच प्रतिस्पर्धा, लिमा अधिकारी पछि हटिन् « Khabarhub

महिला उपसभापतिमा तोशीमा र सोबिताबीच प्रतिस्पर्धा, लिमा अधिकारी पछि हटिन्


१२ असार २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


270
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महिला उपसभापति पदमा डा. तोशीमा कार्की र सोबिता गौतमबीच प्रतिस्पर्धा हुने भएको छ।

पार्टीको निर्वाचन आयोगले सहमति हुन नसकेका पदाधिकारी पदका उम्मेदवारहरूको अन्तिम सूची सार्वजनिक गर्दा महिला उपसभापति पदमा कार्की र गौतमको नाम समावेश गरिएको हो।

स्रोतका अनुसार पार्टी नेतृत्वले वर्तमान कोषाध्यक्ष लिमा अधिकारीलाई महिला उपसभापतिको उम्मेदवार बनाउने प्रयास गरेको थियो। तर डा. तोशीमा कार्की र सोबिता गौतम दुवैले उम्मेदवारी कायम राख्ने अडान लिएपछि अधिकारीलाई पछि हटाइएको हो।

यसबीच कानुनमन्त्रीसमेत रहेकी सोबिता गौतमलाई उम्मेदवारीबारे पुनर्विचार गर्न नेतृत्वले आग्रह गरेको स्रोतले जनाएको छ। पार्टीले अपनाएको ‘एक व्यक्ति, एक प्रमुख जिम्मेवारी’ अर्थात् दोहोरो पद नदिने सिद्धान्तका आधारमा यस्तो सुझाव दिइएको नेताहरूको भनाइ छ।

महिला उपसभापति पदमा सहमति नजुटेपछि अब उक्त पदका लागि निर्वाचनमार्फत नेतृत्व चयन हुने भएको छ।

प्रकाशित मिति : १२ असार २०८३, शुक्रबार  १० : ३८ बजे

दशैँको टीका : कतै रौनक, कतै सुनसान

काठमाडौं – आज विजयादशमी । निधारमा रातो टीका र शिरमा

बङ्गलादेशका क्रिकेटर मेहदी हसनले पोखराबाट एनपिएल खेल्ने

काठमाडौं – बङ्गलादेशका अलराउन्डर मेहदी हसनले नेपाल प्रिमियर लिग (एनपिएल)

एनपीएलका सबै खेलले पाए लिस्ट ‘ए’ टी–२० मान्यता

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका सबै

अमेरिका–पुटिन वार्ताबारे विस्तृत जानकारीको प्रतीक्षामा ईयू

ब्रसेल्स – युरोपेली युनियन (ईयू)ले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष

ग्रीसमा पनि विद्यार्थी र शिक्षकद्वारा प्रदर्शन

एथेन्स- जीवनयापनको बढ्दो लागत, विद्यार्थीका लागि सस्तो आवासको अभाव र