महिला उपसभापतिमा तोशीमा र सोबिताबीच प्रतिस्पर्धा, लिमा अधिकारी पछि हटिन् « Khabarhub

महिला उपसभापतिमा तोशीमा र सोबिताबीच प्रतिस्पर्धा, लिमा अधिकारी पछि हटिन्


१२ असार २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


270
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महिला उपसभापति पदमा डा. तोशीमा कार्की र सोबिता गौतमबीच प्रतिस्पर्धा हुने भएको छ।

पार्टीको निर्वाचन आयोगले सहमति हुन नसकेका पदाधिकारी पदका उम्मेदवारहरूको अन्तिम सूची सार्वजनिक गर्दा महिला उपसभापति पदमा कार्की र गौतमको नाम समावेश गरिएको हो।

स्रोतका अनुसार पार्टी नेतृत्वले वर्तमान कोषाध्यक्ष लिमा अधिकारीलाई महिला उपसभापतिको उम्मेदवार बनाउने प्रयास गरेको थियो। तर डा. तोशीमा कार्की र सोबिता गौतम दुवैले उम्मेदवारी कायम राख्ने अडान लिएपछि अधिकारीलाई पछि हटाइएको हो।

यसबीच कानुनमन्त्रीसमेत रहेकी सोबिता गौतमलाई उम्मेदवारीबारे पुनर्विचार गर्न नेतृत्वले आग्रह गरेको स्रोतले जनाएको छ। पार्टीले अपनाएको ‘एक व्यक्ति, एक प्रमुख जिम्मेवारी’ अर्थात् दोहोरो पद नदिने सिद्धान्तका आधारमा यस्तो सुझाव दिइएको नेताहरूको भनाइ छ।

महिला उपसभापति पदमा सहमति नजुटेपछि अब उक्त पदका लागि निर्वाचनमार्फत नेतृत्व चयन हुने भएको छ।

प्रकाशित मिति : १२ असार २०८३, शुक्रबार  १० : ३८ बजे

नवलपुरका दुई पालिकाले उद्धार कोषमा २३ लाख प्रदान गर्ने

नवलपुर– रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण प्रभावित बनेकाहरूका लागि

नेपाल टेलिकमको त्रिशूली थ्रीए साइट पुनः सञ्चालनमा

काठमाडौं– नेपाल टेलिकमले रसुवाको त्रिशूली थ्रीए जलविद्युत् आयोजनासँगै रहेको टावरमार्फत

भोटेकोशी बाढीपछि परराष्ट्रमन्त्री खनालको सर्बिया भ्रमण स्थगन

काठमाडौं– रसुवा, नुवाकोटलगायत क्षेत्रमा बुधबार आएको विनाशकारी बाढीपछि परराष्ट्रमन्त्री शिशिर

एक सय बढी एम्बुलेन्स घाइतेको उद्धार र शव व्यवस्थापनमा

चितवन– भोटेकोशी बाढीबाट घाइते भएका र मृत्यु भएकाहरूको उद्धार र

त्रिशूली–३ को सुरुङबाट ४३ विदेशीसहित २०८ जना उद्धार

काठमाडौं– रसुवाको भोटेकोशी बाढीका कारण प्रभावितहरूको उद्धारका क्रममा नेपाली सेनाका