महामन्त्रीको दौडबाट जगदीश खरेल पनि पछि हटे, अब आठ जना प्रतिस्पर्धामा « Khabarhub

महामन्त्रीको दौडबाट जगदीश खरेल पनि पछि हटे, अब आठ जना प्रतिस्पर्धामा


१२ असार २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनअन्तर्गत महामन्त्री पदको प्रतिस्पर्धाबाट पूर्व सञ्चारमन्त्री जगदीश खरेल पनि पछि हटेका छन्।

यसअघि वर्तमान महामन्त्री कवीन्द्र बुर्लाकोटीले उम्मेदवारी फिर्ता लिइसकेका छन्। दुई जनाले उम्मेदवारी फिर्ता लिएसँगै महामन्त्री पदमा अब आठ जना उम्मेदवार प्रतिस्पर्धामा रहेका छन्।

महामन्त्री पदका लागि गणेश पराजुली, मनिष झा, प्रमोद न्यौपाने, विपिन आचार्य, रन्जु दर्शना लगायतका नेताहरू चुनावी मैदानमा छन्।

रास्वपाले पदाधिकारी चयनमा सहमतिको प्रयास जारी राखे पनि महामन्त्री पदमा भने प्रतिस्पर्धा हुने लगभग निश्चित देखिएको छ।

राजुनाथ पाण्डे गणेश कार्की सागर ढकाल पनि महामन्त्रीका दाबेदार हुन्।

प्रकाशित मिति : १२ असार २०८३, शुक्रबार  ११ : ५९ बजे

नवलपुरका दुई पालिकाले उद्धार कोषमा २३ लाख प्रदान गर्ने

नवलपुर– रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण प्रभावित बनेकाहरूका लागि

नेपाल टेलिकमको त्रिशूली थ्रीए साइट पुनः सञ्चालनमा

काठमाडौं– नेपाल टेलिकमले रसुवाको त्रिशूली थ्रीए जलविद्युत् आयोजनासँगै रहेको टावरमार्फत

भोटेकोशी बाढीपछि परराष्ट्रमन्त्री खनालको सर्बिया भ्रमण स्थगन

काठमाडौं– रसुवा, नुवाकोटलगायत क्षेत्रमा बुधबार आएको विनाशकारी बाढीपछि परराष्ट्रमन्त्री शिशिर

एक सय बढी एम्बुलेन्स घाइतेको उद्धार र शव व्यवस्थापनमा

चितवन– भोटेकोशी बाढीबाट घाइते भएका र मृत्यु भएकाहरूको उद्धार र

त्रिशूली–३ को सुरुङबाट ४३ विदेशीसहित २०८ जना उद्धार

काठमाडौं– रसुवाको भोटेकोशी बाढीका कारण प्रभावितहरूको उद्धारका क्रममा नेपाली सेनाका