महामन्त्रीमा विपिनलाई अगाडि बढाउन गणेश, प्रमोद र कविन्द्रले हात उठाए « Khabarhub

महामन्त्रीमा विपिनलाई अगाडि बढाउन गणेश, प्रमोद र कविन्द्रले हात उठाए


१२ असार २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


468
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका तीनजनना नेताहरू महामन्त्रीको दौडबाट हटेका छन्।

पार्टीका वर्तमान सह-महामन्त्री विपिन आचार्यलाई सहयोग गर्ने योजनासहित ती तीन नेता मैदानबाट हटेका हुन् ।

आचार्यलाई सहयोग गर्नेगरी सभापत रवि लामिछानेका विश्वास पात्र प्रमोद न्यौपाने, गणेश पराजुली र कविन्द्र बुर्लाकोटी महामन्त्रीको दौडबाट हटेका हुन् ।

महामन्त्रीको दौडमा रहेका १० नेताहरूमध्ये यसअघि नै ललितपुरका जगदीश खरेलले पनि दाबेदारीबाट पछि हटेको घोषणा गरिसकेका छन् ।

बिहीबार नै महामन्त्रीको दौडमा रहेका शिशिर खनालले पनि उम्मेदवारी फिर्ता लिइसकेका छन् ।

महामन्त्रीका बलिया दाबेदार प्रमोद र गणेश पनि पछि हटिदिँदा विपिनका लागि महामन्त्रीको बाटो सहज भएको छ। उनीहरूले विपिनलाई सहयोग गर्ने औपचारिक घोषणा पत्रकार सम्मेलनमार्फत् गरेका हुन् ।

प्रकाशित मिति : १२ असार २०८३, शुक्रबार  १२ : १५ बजे

दशैँको टीका : कतै रौनक, कतै सुनसान

काठमाडौं – आज विजयादशमी । निधारमा रातो टीका र शिरमा

बङ्गलादेशका क्रिकेटर मेहदी हसनले पोखराबाट एनपिएल खेल्ने

काठमाडौं – बङ्गलादेशका अलराउन्डर मेहदी हसनले नेपाल प्रिमियर लिग (एनपिएल)

एनपीएलका सबै खेलले पाए लिस्ट ‘ए’ टी–२० मान्यता

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका सबै

अमेरिका–पुटिन वार्ताबारे विस्तृत जानकारीको प्रतीक्षामा ईयू

ब्रसेल्स – युरोपेली युनियन (ईयू)ले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष

ग्रीसमा पनि विद्यार्थी र शिक्षकद्वारा प्रदर्शन

एथेन्स- जीवनयापनको बढ्दो लागत, विद्यार्थीका लागि सस्तो आवासको अभाव र