आइएसएमटीले सन्डरल्यान्ड विश्वविद्यालयबाट फ्रेन्चाइज नै नलिएको कार्यक्रम चलाउँदै « Khabarhub

आइएसएमटीले सन्डरल्यान्ड विश्वविद्यालयबाट फ्रेन्चाइज नै नलिएको कार्यक्रम चलाउँदै


१२ असार २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपालका विभिन्न सहरमा कलेज सञ्जाल खडा गरेर स्नातक र स्नातकोत्तर तहको शैक्षिक कार्यक्रम सञ्चालन गर्दै आएको आइएसएमटी कलेजले विश्वविद्यालयबाट नै फ्रेन्चाइज नै नलिएको कोर्ष सञ्चालन गरेको पाइएको छ ।

विराटनगर, काठमाडौं, चितवन, पोखरा र बुटवलमा सञ्चालनमा रहेका आइएसएमटी कलेजले युकेको सन्डरल्यान्ड विश्वविद्यालयबाट फ्रेन्चाइज लिएर कार्यक्रम सञ्चालन गर्दै आएका छन् । 

शिक्षा मन्त्रालयबाट स्वीकृति लिएको तर, विश्वविद्यालको फ्रेन्चाइज सूचीमा समावेश नभएका कार्यक्रम आइएसएमटी नाम रहेका कलेज सञ्जाल सञ्चालन गर्दै आएको पाइएको हो । जुन कुरा सन्डरल्यान्ड विश्वविद्यालयको वेबसाइट र कलेजको वेबसाइटमा उपलब्ध सामग्री तुलना गर्दा स्पष्ट देखिन्छ ।

सन्डरल्यान्ड विश्वविश्वविद्यालयले विश्वका विभिन्न मुलुकका कलेजसँग गरेको पार्टनरसिपको विषयमा आफ्नो वेबसाइटमा ती कलेजलाई दिएको फ्रेन्चाइज कोर्षको विषय उल्लेख गर्ने र अपडेट गर्ने गर्दै आएको पाइन्छ । नेपालका आइएसएमटी कलेजले सञ्चालन गर्दै आएका कतिपय कार्यक्रमको विश्वविद्यालयबाट नै फ्रेन्चाइज नभएको हुँदा ती कार्यक्रम पढ्ने विद्यार्थीले कसरी सर्टिफिकेट पाइरहेका छन् भन्ने आशंका पैदा भएको छ ।

यो समाचार रिपोर्टिङ तयार गर्दै गर्दा असार १२ गतेसम्म सन्डरल्यान्ड विश्वविद्यालयको वेबसाइटमा अपडेट गरिएको ग्लोबल पार्टनरसिप विवरण हेर्दा आइएसएमटी विराटनगरले विश्वविद्यालयबाट स्नातक तहको लागि साइबर सेक्युरिटी एन्ड डिजिटल फरेन्सिक बिएससी (हन्स) कार्यक्रमको लागि फ्रेन्चाइज लिएको छैन । तर, सो कार्यक्रम सञ्चालन गरिरहेको सो कलेजको वेबसाइटमा उल्लेख छ ।

आइएसएमटी काठमाडौंले पनि विश्वविद्यालयबाट स्नातकोत्तर तहको एमएससी कम्प्युटिङ र मास्टर अफ बिजनेस एडमिस्ट्रेसन (एमबिए) कोर्षको लागि फ्रेन्चाइज लिएको छैन । तर, सो कलेजले पनि सो कार्यक्रम सञ्चालन गरिरहेको छ ।

त्यस्तै, आईएसएमटी चितवनले विश्वविद्यालयबाट साइबर सेक्युरिटी एन्ड डिजिटल फरेन्सिक बिएससी (होन्स)को लागि र आइएसएमटी बुटवलले स्नातकोत्तर तहको लागि मास्टर अफ बिजनेस एडमिस्ट्रेसन विषयको लागि फ्रेन्चाइज नलिइकन कार्यक्रम सञ्चालन गरिरहेको छ ।

साथै, आइएसएमटी पोखराले पनि विश्वविद्यायबाट स्नातकोत्तर तहको कुनैपनि कार्यक्रमको लागि फ्रेन्चाइज लिएको देखिँदैन । तर, सो कलेजले पनि एमबीए कार्यक्रम सञ्चालन गरिरहेको कलेजकै वेबसाइटमा उल्लेख छ ।

आइएसएमटी कलेजहरूको सम्बन्धन निर्देशिकाको पनि मापदण्ड विपरीत

सरकारले विदेशी विश्वविद्यालयसँग सम्बन्धन लिएर नेपालमा उच्च शिक्षा सञ्चालन गर्नको लागि निश्चित निर्देशिकाको व्यवस्था गरेको छ । 

विदेशी शिक्षण संस्थाको सम्बन्धमा उच्च शिक्षा सञ्चालन गर्ने सम्बन्धी निर्देशिका, २०५९’ अनुसार विदेशी विश्वविद्यालयसँग सम्बन्धन लिएर नेपालमा कलेज सञ्चालन गर्दा सो विश्वविद्यालय विश्वविद्यालय टाइम्स हाइयर एजुकेसन सांघाई जिआओटोङ र्याङकिङको एक हजारभित्र परेको हुनुपर्छ । 

तर, देशका ५ वटा सहरमा सञ्चालमा रहेका भिन्न–भिन्न आईएसएमटी कलेजले सम्बन्धन लिएको युकेको सन्डरल्यान्ड कलेज भने निर्देशिकामा उल्लेख भएअनुसार टाइम्स हाइयर एजुकेसन र सांघाई जिआओटोङ र्याङकिङको एक हजारभित्र पर्दैन ।

(विश्वविद्यालय र कलेजको वेबसाइटमा तुलना गरेर तयार गरिएको सामग्री)

प्रकाशित मिति : १२ असार २०८३, शुक्रबार  १ : ४० बजे

उपत्यकामा बर्डफ्लु सङ्क्रमण फैलन नदिन प्राविधिक टोली परिचालन

काठमाडौं- पशुसेवा विभागले काठमाडौं उपत्यका तथा आसपासका क्षेत्रमा बर्डफ्लु सङ्क्रमण

सुकुम्वासीहरूलाई व्यवस्थापन गर्न ढिलाइ गरिएको भन्दै काठमाडौंमा प्रदर्शन

काठमाडौं– सुकुम्वासीहरूलाई व्यवस्थापन गर्न ढिलाइ गरिएको भन्दै काठमाडौंमा प्रदर्शन भएको

इरानमा कडा अनुगमन आवश्यक : आईएईए

तेहरान- मध्यपूर्व युद्धपछि इरानको आणविक कार्यक्रममाथि कडा अन्तर्राष्ट्रिय निगरानी आवश्यक

हिजबुल्लाहको दाबी : शान्ति सम्झौता अमेरिका र इजरायलको हार

बेरुत- हिजबुल्लाहका प्रमुख नईम कासिमले इरान दृढतापूर्वक अडिग रहेर अन्ततः

भारतमा मन्दिरबाट चोरी र प्रसादको दुरुपयोग गरेको आरोपमा आठजना पक्राउ

लखनऊ– भारतीय प्रहरीले उत्तर प्रदेश राज्यको राम मन्दिरमा  चोरी र