पौवादुङमा गाँउपालिकामा ‘शून्य होम डेलिभरी’ « Khabarhub

पौवादुङमा गाँउपालिकामा ‘शून्य होम डेलिभरी’


१२ असार २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

भोजपुर– पौवादुङमा गाउँपालिकाले सबै वडामा सुविधासम्पन्न बर्थिङ सेन्टर निर्माण गरेसँगै ‘शून्य होम डेलिभरी’ कायम भएको छ ।
 
गाउँपालिकाभित्र पाँच वटा बर्थिङ सेन्टर सञ्चालनमा आएपछि घरमै प्रसूति हुने प्रचलन पूर्ण रूपमा अन्त्य भएको हो । 

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवीन भट्टराईले सबै वडामा सुरक्षित प्रसूति सेवा उपलब्ध भएपछि गर्भवतीलाई स्वास्थ्य संस्थामै प्रसूति गराउन आउनेक्रम बढेको बताउछन् ।   
 
गाउँपालिकाका उपाध्यक्ष ज्योत्सना राईले पोषण सुधारका लागि ‘आफैँ पाल्ने, आफैँ खाने’ कार्यक्रम सञ्चालन गरिएको  जानकारी दिइन् ।  

उनले उक्त कार्यक्रमअन्तर्गत आमालाई कुखुरा वितरण गरी पोषणयुक्त आहारमा जोड दिइएको बताइन् ।

नवजात शिशुको भविष्य सुरक्षित गर्न गाउँपालिकाले विशेष कार्यक्रम पनि अघि बढाएको छ । प्रत्येक नवजात शिशुका नाममा मासिक ५०० रुपैयाँ बैंक खातामा जम्मा गर्ने व्यवस्था गरिएको छ । 

स्थानीय बलराम राईले गर्भवतीलाई स्टेचरमा बोकेर अस्पताल पुर्‍याउनुपर्ने बाध्यताको अन्त्य भएको बताएका छन् । ‘अहिले गाउँमै सेवा पाइने भएपछि जोखिम र दुःख दुवै हटेको छ’, उनले भने । 

गाउँपालिकाले स्वास्थ्यलाई प्राथमिकता राख्दै आवश्यक काम गरिरहेको अध्यक्ष किरण राईले बताए । 
 

प्रकाशित मिति : १२ असार २०८३, शुक्रबार  २ : २९ बजे

त्रिशूली–३ ‘ए’ सुरुङमा फसेकाको उद्धारका लागि संघर्ष : बाढीले थुनिएको बाटो खोलियो

रसुवा– रसुवास्थित त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङमा फसेका व्यक्तिको उद्धारका

रसुवामा चिनियाँ जनमुक्ति सेनाका सुरुङ उद्धार विशेषज्ञ, भारत र चीनका टोली जोडिए

काठमाडौं – रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीपछि विभिन्न जलविद्युत्

रसुवा बाढी : मृतकको संख्या ६२६ पुग्यो

काठमाडौं – रसुवा बाढीमा परी ज्यान गुमाउनेको संख्या ६२६ पुगेको छ। नेपाल

बाढीपीडितका लागि त्रिवि र पोखरा विश्वविद्यालयका कर्मचारीको तलबबाट सहयोग

काठमाडौं – प्राकृतिक विपद्बाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनाका लागि त्रिभुवन

दर कार्यक्रमका लागि जुटाइएको रकम बाढी पीडितलाई सहयोग

म्याग्दी– म्याग्दीको धवलागिरी गाउँपालिकाका छन्त्याल महिलाहरूले तीज पर्वको अवसरमा दरखाने