खाडीको जीवनभन्दा गाउँ प्यारो « Khabarhub

खाडीको जीवनभन्दा गाउँ प्यारो


१२ असार २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

ढोरपाटन– हिजोआज तेजबहादुर घर्तीमगरलाई खाडीको जीवनभन्दा आफ्नै गाउँघरको जीवन प्यारो लाग्न थालेको छ ।

बडिगाड गाउँपालिका–९ बल्घास राँकीचौरका तेजबहादुर घर्तीमगरले लालाबालाको सुखका लागि खाडीमा १६ वर्ष जीवन बिताउँदा पनि आम्दानी बचाउन सकेनन् । अन्ततः गाउँ फर्किए । गाउँमा बाख्रापालन गर्न  पत्नि कुश्माले सहयोग गर्न थालिन् । आम्दानीबाट केही अंश बचत भयो । परिवार खुसी भए । उनलाई पनि क्रमशः आफ्नै गाउँ प्यारो लाग्न थाल्यो । 
  
खोरमा हुर्किँदै गरेका पाठापाठीमा आफ्नो र परिवारको भविष्य देखेका तेजबहादुरले परिवारलाई श्रमको महत्त्व र मेहनतको फलका सम्बन्धमा बुझाउन सकेनन् । उनका सन्तति बिहान उठेदेखि राति नसुतुञ्जेलसम्म बाख्राकै स्याहारमा तल्लीन छन् । खोरमा रहेका दर्जनौँ बाख्राका लागि घाँसपानी जोहो गर्दागर्दै थकित हुन्छन् । लखतरान घर्ती भर्खरै जन्मिएर हुर्किँदै गरेका पाठीपाठी छेउमै बस्दा  दुःख बिर्सन्छन् ।  

उनले गाउँमा आफ्नो भविष्य देख्नुभएको छ । खेतबारी काल्नाखोल्सा तथा खेर गइरहेका सबै बाँझो जमिनमा घाँस रोपेका छन् । सानाठूला गरी ७० बाख्राका लागि घाँस खोज्न टाढा जानु पर्दैन । खोर आधुनिक ढङ्गले निर्माण गरेका छन् । त्रिचालिस वर्षीय घर्तीको जोशजाँगर देखेर स्थानीय पनि पशुपालनमा जुटेका छन् । 
 
विदेशमा १८ घण्टा काम गर्दा पनि राम्रो कमाइ भएन । गाउँमा थोरै लगानी र कम मेहनतमा परिवारसँगै बसेर बाख्रापालन गर्न थालेपछि उनको जीवनमा परिवर्तन आयो ।   
 
उनले तीन वर्षअघि कृषि फार्म दर्ता गरे । व्यावसायिक रुपमा बाख्रापालन पेसा गर्नथालेपछि बैंकले कर्जा दिन थाल्यो । क्रमशः वित्तीय साक्षरताका बारेमा अनुभव पनि भयो । बचत पछि खर्च गर्ने बानीले उनीहरूलाई समृद्धिको बाटोमा डोर्‍याएको छ । 

तेजबहादुरको खोरमा बाख्राको सङ्ख्या बढ्दै गएका छन् । अब, उनले मासुपसल खोल्ने सोच बटुलेका छन् । सुरुमा घरकै आठ वटा बाख्राबाट सुरु गरेको उनको खोरमा अहिले १५० बाख्रा पुगेका छन् । 

उनी भन्छन्, ‘धेरै वर्ष विदेशमा बिताइयो भने जस्तो कमाइ भएन, गाउँ आएर बाख्रापालन थालेको हुँ, राम्रो आम्दानी  हुँदै गएको छ’, घर्तीले भने, ‘सुरुमा ठूलो लगानी गर्न सकिएन । घरमा पाल्दै आएका आठ वटा बाख्रालाई व्यवस्थित रुपमा पाल्ने योजना बनाएर सुरु गरेको हुँ, अहिले राम्रो  छ ।’ एक लाख ५० हजारको लगानी बाट गरेको सुरु गरेको बाख्रपालनमा हालसम्म १५ लाख खर्च भइसकेको छ । 

उनले बर्सेनी ६० वटा खसी बोका बिक्री गर्छन् । घर्ती दम्पतीले बाख्राको रेखदेख गर्न नभ्याएकाले गाउँका दुई जनालाई रोजगारी दिएका छन्  ।  

तेजबहादुरले भने, ‘विदेशमा दुःख गरेर घर खर्च पठाउन मुस्किल हुन्थ्यो, कडा परिश्रम गर्दा बिरामी परिन्थ्यो, त्यतिबेला घरपरिवारको धेरै याद आउँथ्यो, अहिले परिवार सँगसँगै छौँ, सँगै दुःख गरेका छौँ, सञ्चो बिसञ्चो सबै थाहा हुन्छ, आफ्नो काम मन लाग्दा गरे भो, थकाइ लाग्दा आराम गरे हुन्छ, विदेशमा जस्तो हुँदैन, धेरै कमाउन नसके पनि परिवार धान्न सहज भएको छ ।’

घर्ती दम्पतीको व्यवसाय प्रवर्द्धनका लागि बडिगाड गाउँपालिका, नेपाल गाजा डेभलभमेन्ट फाउण्डेशन र हेफर प्रोजेक्ट नेपालले तालिम, आधुनिक खोर निर्माण र बीउ बाख्रा दिएर सहयोग गरेको छ । 

घर्ती दम्पतीलाई बाख्रापालनले मिलन मात्र गराएको छैन, कुश्माका बारेमा कुरा काट्ने समाजको मुखमा बिर्कोसमेत लागेको कुश्मा घर्तीले बताइन् । 

उनले भनिन्, ‘काम साना ठूलो हुँदैन, जसले जे जानेको छ, त्यही गर्नुपर्दो रहेछ, पहिले एक/दुई वटा बाख्रा पाल्न पनि मुश्किल हुन्थ्यो, अहिले धेरै पाल्दा पनि सहज लागेको छ, खोरमा भएका बाख्रा हाम्रो सम्पत्ति हुन्, यिनीहरुको स्याहारसुसार राम्रो गरियो भने राम्रो आम्दानी हुन्छ, अब दुई÷चार पैसाका लागि अरूलाई गुहार्नु पर्दैन ।’ रासस

प्रकाशित मिति : १२ असार २०८३, शुक्रबार  ५ : ३० बजे

त्रिशूली–३ ‘ए’ सुरुङमा फसेकाको उद्धारका लागि संघर्ष : बाढीले थुनिएको बाटो खोलियो

रसुवा– रसुवास्थित त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङमा फसेका व्यक्तिको उद्धारका

रसुवामा चिनियाँ जनमुक्ति सेनाका सुरुङ उद्धार विशेषज्ञ, भारत र चीनका टोली जोडिए

काठमाडौं – रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीपछि विभिन्न जलविद्युत्

रसुवा बाढी : मृतकको संख्या ६२६ पुग्यो

काठमाडौं – रसुवा बाढीमा परी ज्यान गुमाउनेको संख्या ६२६ पुगेको छ। नेपाल

बाढीपीडितका लागि त्रिवि र पोखरा विश्वविद्यालयका कर्मचारीको तलबबाट सहयोग

काठमाडौं – प्राकृतिक विपद्बाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनाका लागि त्रिभुवन

दर कार्यक्रमका लागि जुटाइएको रकम बाढी पीडितलाई सहयोग

म्याग्दी– म्याग्दीको धवलागिरी गाउँपालिकाका छन्त्याल महिलाहरूले तीज पर्वको अवसरमा दरखाने