बिन्दा पाण्डेको प्रश्न- आफ्नो छोराछोरीलाई १६ वर्षमा बिहे गर्ने अनुमति दिनुहुन्छ ? « Khabarhub

बिन्दा पाण्डेको प्रश्न- आफ्नो छोराछोरीलाई १६ वर्षमा बिहे गर्ने अनुमति दिनुहुन्छ ?


१२ असार २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बिहेको उमेर घटाउनुपर्ने विषयमा नेकपा एमालेका नेता डा. बिन्दा पाण्डेले आफ्नो छोराछोरीले जुन उमेरमा बिहे गरिदिए हुन्थ्यो भन्ने लाग्छ । त्यही उमेर विवाहको लागि योग्य हुने बताएकी छिन् ।

शुक्रबार सर्वोच्च अदालत बार एशोसिएशन कानून व्यवसायी महिला समिति तथा नेपाल महिला एकता समाजको संयुक्त आयोजनामा ‘करणी सम्बन्धी कसुरको कानूनी व्यवस्था, न्यायिक अभ्यास र लैङ्गिक विश्लेषण’ विषयक छलफल कार्यक्रममा बोल्दै उनले आफ्नो सन्तान परिपक्व भएर बिहे गरिदिए हुन्थ्यो भन्ने चाहना राख्नेले अरूको छोराछोरीले १६ वर्षमा बिहे गर्दा हुन्छ भन्नु न्याय संगत नभएको बताएकी छिन् । 

उनले उक्त कार्यक्रममार्फत प्रश्न गरेकी छिन्, ‘आफ्नो छोराछोरीलाई १६ वर्षमा बिहे गर्ने अनुमति दिनुहुन्छ ? आफ्नो हकमा लागू नहुने विषय अरूलाई गर भन्नु जायज हुन्न भन्ने तर्क राखेकी छिन् । समग्रमा उनले विवाहको उमेर १८ वर्ष भन्दा कम गर्न नहुने उल्लेख गरेकी छिन् ।
 

प्रकाशित मिति : १२ असार २०८३, शुक्रबार  ६ : ०४ बजे

दशैँको टीका : कतै रौनक, कतै सुनसान

काठमाडौं – आज विजयादशमी । निधारमा रातो टीका र शिरमा

बङ्गलादेशका क्रिकेटर मेहदी हसनले पोखराबाट एनपिएल खेल्ने

काठमाडौं – बङ्गलादेशका अलराउन्डर मेहदी हसनले नेपाल प्रिमियर लिग (एनपिएल)

एनपीएलका सबै खेलले पाए लिस्ट ‘ए’ टी–२० मान्यता

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका सबै

अमेरिका–पुटिन वार्ताबारे विस्तृत जानकारीको प्रतीक्षामा ईयू

ब्रसेल्स – युरोपेली युनियन (ईयू)ले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष

ग्रीसमा पनि विद्यार्थी र शिक्षकद्वारा प्रदर्शन

एथेन्स- जीवनयापनको बढ्दो लागत, विद्यार्थीका लागि सस्तो आवासको अभाव र