रूस र युक्रेनबीच युद्धबन्दी सैनिक आदान–प्रदान « Khabarhub

रूस र युक्रेनबीच युद्धबन्दी सैनिक आदान–प्रदान


१२ असार २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

कीएभ- युक्रेन र रूसले शुक्रबार १६० जना युद्धबन्दी सैनिकहरूको आदान–प्रदान गरेको मस्कोले जनाएको छ । यो चार वर्ष लामो युद्धमा भएको पछिल्लो युद्धबन्दी आदान–प्रदान हो । रूसी रक्षा मन्त्रालयले सामाजिक सञ्जालमा भनेको छ, “युक्रेनबाट १६० जना रूसी सैनिकहरू फिर्ता भएका छन् र बदलामा १६० जना युक्रेनी युद्धबन्दीहरूलाई फिर्ता पठाइएको छ ।”

सन् २०२२ मा रूसले युक्रेनमाथि आक्रमण सुरु गरेपछि युद्धबन्दी फिर्ता तथा मारिएका सैनिकहरूको शव आदान–प्रदान मस्को र किएभबीचको थोरै सहयोगका क्षेत्रहरूमध्ये एक बनेको छ ।

“फिर्ता भएका रूसी सैनिकहरू हाल बेलारुसमा छन्,” रूसी मन्त्रालयले जनाएको छ। उक्त आदान–प्रदानमा संयुक्त अरब इमिरेट्स (युएई) ले मध्यस्थता गरेको पनि मन्त्रालयले बताएको छ । युक्रेनले भने तत्काल यस आदान–प्रदानबारे कुनै प्रतिक्रिया वा पुष्टि गरेको छैन ।

प्रकाशित मिति : १२ असार २०८३, शुक्रबार  ७ : १२ बजे

विचार र उद्देश्यप्रतिको आजीवन निष्ठा नै क्रान्तिकारीको पहिचान : प्रचण्ड

काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली

मधेसका १० पालिकामा एकीकृत नमूना कृषि कार्यक्रम सञ्चालन गरिने

जनकपुरधाम– कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले मधेस प्रदेशका १०

मोरङ र सुनसरीका विद्युत् वितरण प्रणालीको अनुगमन

काठमाडौं– पूर्वी नेपालमा गुणस्तरीय, भरपर्दो र नियमित विद्युत् आपूर्ति सुनिश्चित

राज्यले नागरिकको विश्वास कसरी जित्ने ?

नेपालको राजनीतिक इतिहासमा जनआन्दोलन वा व्यापक नागरिक आन्दोलनपछि गठन भएका

किभ नजिक रुसी क्षेप्यास्त्र आक्रमण, १० जनाको मृत्यु

किभ– युक्रेनको राजधानी किभ नजिक शुक्रबार भएको रुसी ब्यालिस्टिक क्षेप्यास्त्र आक्रमणमा