युरोपेली युनियनद्वारा चीनमाथिको निर्भरता घटाउने नयाँ कानुनको तयारी « Khabarhub

युरोपेली युनियनद्वारा चीनमाथिको निर्भरता घटाउने नयाँ कानुनको तयारी


१२ असार २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- युरोपेली आयोगकी अध्यक्ष उर्सुला भोन डेर लियनले युरोपेली युनियन (ईयू) आबद्ध कम्पनीहरूलाई प्रमुख वस्तुहरूको आपूर्तिका लागि वैकल्पिक स्रोतहरू खोज्न बाध्य पार्ने गरी नयाँ कानुनको तयारी भइरहेको बताएकी छिन्। ब्रसेल्समा आयोजित ईयू नेताहरूको बैठकपछि पत्रकारहरूसँग कुरा गर्दै उनले यदि व्यवसायहरू आफैँले चीनसँग जोडिएका जोखिमहरू कम गर्न थालेमा यस्तो कानुन आवश्यक नपर्न पनि सक्ने स्पष्ट पारिन् ।

कम्पनीहरूले यस्ता जोखिम न्यूनीकरणमा ढिलाइ गरिरहेकाले आयोगले आपूर्ति प्रणालीमा विविधता ल्याउन मद्दत गर्ने कदमहरू चाल्न लागेको उनको भनाइ छ। गत वर्ष चीनले महत्त्वपूर्ण खनिज प्रशोधनमा आफ्नो एकाधिकार प्रयोग गर्दै रेयर अर्थ एलिमेन्ट्सको निर्यातमा प्रतिबन्ध लगाएपछि स्थिति थप बिग्रिएको छ। अध्यक्ष भोन डेर लियनले भनिन्, “हामीले अवस्था सुधार गर्नैपर्छ; तथ्याङ्कहरू आफैँ बोल्छन्, र हाम्रा सम्बन्धहरूमा सन्तुलन कायम गर्न आवश्यक छ।”

यसैबीच, ईयूका २७ सदस्य राष्ट्रहरूबीच चीनसँगको व्यापारिक समस्यालाई लिएर साझा धारणा बलियो बन्दै गएको कूटनीतिज्ञहरूले बताएका छन्। हाल चीनसँग ईयूको वस्तु व्यापार घाटा दैनिक करिब १ अर्ब युरो (१.१५ अर्ब अमेरिकी डलर) रहेको छ, जसलाई युरोपेली परिषद्का अध्यक्ष एन्टोनियो कोस्टाले ‘पूर्ण रूपमा अस्वीकार्य’ भनेका छन्। कोस्टाले चीनसँगको सहकार्य महत्त्वपूर्ण भए पनि चीनले अहिलेसम्म आफ्ना प्रतिबद्धताहरू पूरा नगरेको आरोप लगाए। हालैका दिनहरूमा जी-७ राष्ट्रहरूले पनि महत्त्वपूर्ण खनिजहरूमाथिको निर्भरता कम गर्न सहयोग सुदृढ गर्ने घोषणा गरेका छन् ।

यसको जवाफमा चीनले जी-७ लाई सानो समूहमा सीमित नभई बजार अर्थतन्त्र र अन्तर्राष्ट्रिय व्यापारका नियमहरू पालना गर्न आग्रह गरेको छ। युरोपेली युनियनका लागि यो परिस्थिति एटलान्टिक पारिको कर (ट्रान्सएटलान्टिक ट्यारिफ) का कारण अमेरिकी बजारमा आफ्ना सामानहरूको पहुँच सीमित भइरहेका बेला थप चुनौतीपूर्ण बनेको छ।

प्रकाशित मिति : १२ असार २०८३, शुक्रबार  ५ : ३९ बजे

 सभामुखसँग अमेरिकी कावा राजदूत शिष्टाचार भेट

काठमाडौँ– सभामुख डोलप्रसाद (डिपी) अर्यालसँग नेपालका लागि अमेरिकी कार्यवाहक राजदूत मेगन

सडकमै नयाँ नोटको व्यापार (तस्बिरहरू)

काठमाडौँ– रत्नपार्कस्थित फुटपाथमा दसैँका लागि सर्वसाधारण नोट साटिरहेका छन् ।

उपराष्ट्रपति यादवसँग प्रधान सेनापति सिग्देलको शिष्टाचार भेट

काठमाडौँ– उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग प्रधान सेनापति अशोकराज सिग्देलले शिष्टाचार भेट

पाकिस्तानी लेजेन्ड मिस्बाह-उल-हक सुदूरपश्चिम रोयल्सको प्रशिक्षक

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएल टिम सुदूरपश्चिम रोयल्सले पाकिस्तानी लेजेन्ड

सरकारी सफ्टवेयर प्रणाली सुधारका लागि प्राविधिक विज्ञ माग, कात्तिक १८ सम्म आवेदन दिन सकिने

काठमाडौँ – नेपाल सरकारका निकायहरूका लागि आवश्यक सफ्टवेयर प्रणालीको विकास,