अवैध बोइलर कुखुरा आयात नियन्त्रणसँगै बाँकेका मासु पसल सञ्चालन « Khabarhub

अवैध बोइलर कुखुरा आयात नियन्त्रणसँगै बाँकेका मासु पसल सञ्चालन


११ श्रावण २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

नेपालगञ्ज बाँकेको सीमा क्षेत्रबाट हुने बोइलर कुखुराको अवैध ओसारपसार नियन्त्रण हुन थालेपछि बन्द अवस्थामा रहेका मासु पसल तथा प्रशोधन उद्योगहरू पुनः सञ्चालनको तयारीमा जुटेका छन्।

सीमा क्षेत्रमा सुरक्षा निगरानी कडा बनाएसँगै स्वदेशी पोल्ट्री व्यवसायमा सकारात्मक संकेत देखिन थालेको व्यवसायीहरूले बताएका छन्।

यसक्रममा करिब पाँच करोड रुपैयाँभन्दा बढी लगानीमा स्थापना गरिएको भेरी मिट सप एण्ड कोल्ड स्टोर पुनः सञ्चालनको अन्तिम तयारीमा पुगेको छ। डल्फिन ग्रुपले २०७९ सालमा नेपालगञ्जमा स्थापना गरेको उक्त उद्योग अवैध रूपमा भारतबाट भित्रिने बोइलर कुखुराका कारण बजार प्रतिस्पर्धामा टिक्न नसकी बन्द भएको थियो।

डल्फिन ग्रुपका कार्यकारी निर्देशक तीर्थ थापाले सरकारले सीमा क्षेत्रमा अवैध व्यापार नियन्त्रणका लागि चालेका कदमले स्वदेशी उद्योग र किसानमा नयाँ आशा जगाएको बताए। उनका अनुसार उद्योग पुनः सञ्चालनका लागि आवश्यक तयारी अन्तिम चरणमा पुगेको छ।

‘नयाँ उत्साहका साथ उद्योग पुनः सञ्चालन गर्ने निर्णय गरेका छौँ। उपभोक्तालाई गुणस्तरीय, सुरक्षित र स्वच्छ मासु उपलब्ध गराउने हाम्रो लक्ष्य हो,’ थापाले भने।

उनका अनुसार अवैध बोइलर कुखुराको आयात पूर्ण रूपमा रोकिएको नभए पनि विगतको तुलनामा उल्लेखनीय रूपमा घटेकाले स्वदेशी उत्पादनले बजारमा प्रतिस्पर्धा गर्ने वातावरण बन्दै गएको छ।

उद्योग सञ्चालनमा रहँदा आधुनिक प्रशोधन प्रणाली, कोल्ड चेन र स्वच्छ उत्पादन प्रक्रियाका कारण छोटो समयमै उपभोक्ताको विश्वास जित्न सफल भएको थियो। तर सीमाबाट सस्तो मूल्यमा अवैध रूपमा भित्रिने बोइलर कुखुराले बजार प्रभावित बनाएपछि उद्योग बन्द गर्नुपरेको थियो।

उद्योग बन्द भएपछि करिब १०० जना श्रमिक प्रत्यक्ष रूपमा रोजगारविहीन भएका थिए। साथै, बाँकेसहित आसपासका जिल्लाका बोइलर कुखुरापालक किसानले उत्पादनको नियमित बजार गुमाएका थिए। पोल्ट्री व्यवसायसँग सम्बन्धित दाना उद्योग, ढुवानी सेवा तथा अन्य सहायक व्यवसायसमेत प्रभावित भएका थिए।

डल्फिन ग्रुपका अनुसार पुनः सञ्चालन गरिने कोल्ड स्टोरमा अन्तर्राष्ट्रिय मापदण्डअनुसारका अत्याधुनिक उपकरण जडान गरिनेछ। कम्पनीले आधुनिक प्रविधिको प्रयोगमार्फत सुरक्षित, स्वस्थ र गुणस्तरीय मासु उपभोक्तासम्म पुर्‍याउने प्रतिबद्धता जनाएको छ।

उद्योग पुनः सञ्चालनमा आएपछि बाँके, बर्दिया, दाङ, सुर्खेतलगायत जिल्लाका हजारौँ बोइलर कुखुरापालक किसानले प्रत्यक्ष लाभ पाउने अपेक्षा गरिएको व्यवसायीहरूको भनाइ छ।

प्रकाशित मिति : ११ श्रावण २०८३, सोमबार  ५ : २१ बजे

दोषीमाथि कानुनी कारबाहीको माग गर्दै वीरगञ्जमा स्वास्थ्यकर्मीको प्रदर्शन

वीरगञ्ज- नारायणी अस्पतालमा कार्यरत चिकित्सकमाथि भएको आक्रमणको विरोधमा स्वास्थ्यकर्मीहरूले आइतबार वीरगञ्जको

अभियोजनलाई प्रविधिमैत्री बनाउन महान्यायाधिवक्ताको पाँच वर्षीय रणनीति

काठमाडौं– महान्यायाधिवक्ता कार्यालयले अभियोजनलाई प्रविधिमैत्री बनाउने परिलक्ष्यका साथ चौथो पञ्चवर्षीय

नारायणी अस्पताल घटनाका घाइते चिकित्सक ट्रमा सेन्टरमा, मन्त्री मेहताद्वारा स्वास्थ्य अवस्थाको जानकारी

काठमाडौं– नारायणी अस्पतालमा चिकित्सकमाथि भएको आक्रमणमा गम्भीर घाइते भएका मेडिकल

देवानगञ्ज घटना : कोशीका डीआईजी, सुनसरीका सीडीओ र एसपीलाई फिर्ता बोलाइयो

काठमाडौं- गयराति सुनसरीमा भएको हिंसात्मक घटनापछि त्यहाँका प्रमुख जिल्ला अधिकारी

फार्मेसी दर्ता तथा नवीकरणमा स्थानीय तहको सिफारिस अनिवार्य

काठमाडौंं– औषधि व्यवस्था विभागले नयाँ फार्मेसी दर्ता तथा सञ्चालनमा रहेका