स्पेस निडल नजिकको फुड फेस्टिभलमा गोलीकाण्ड : दुईको मृत्यु « Khabarhub

स्पेस निडल नजिकको फुड फेस्टिभलमा गोलीकाण्ड : दुईको मृत्यु


११ श्रावण २०८३, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– अमेरिकाको सियाटलस्थित स्पेस निडल नजिक आयोजना गरिएको लोकप्रिय ‘बाइट अफ सियाटल’ फुड फेस्टिभलमा आइतबार साँझ भएको गोलीकाण्डमा दुई जनाको मृत्यु भएको छ भने दुई वर्षीय बालकसहित पाँच जना घाइते भएका छन्।

सियाटल प्रहरीले घटनाको अनुसन्धान सुरु गरेको जनाएको छ। घटनामा संलग्न आक्रमणकारी पक्राउ परेका छन् वा छैनन् भन्ने विषयमा भने तत्काल कुनै आधिकारिक जानकारी सार्वजनिक गरिएको छैन।

सहरको फायर डिपार्टमेन्टकी प्रवक्ता ग्रेस नुनेजका अनुसार गोली लागेर दुई जनाको घटनास्थलमै मृत्यु भएको हो। घाइते पाँच जनालाई हार्बरभ्यू मेडिकल सेन्टरमा उपचारका लागि लगिएको छ। घाइतेमध्ये ५६ वर्षीया महिलाको अवस्था गम्भीर रहेको छ भने दुई वर्षीय बालक, २३ वर्षीय पुरुष र ३९ वर्षीया महिलाको अवस्था स्थिर रहेको जनाइएको छ। अर्की ४० वर्षीया महिलालाई सामान्य चोट लागेको छ।

वार्षिक रूपमा आयोजना हुने यस महोत्सवमा सयौँ खाद्य तथा खुद्रा व्यवसायी, कलाकार तथा ठूलो सङ्ख्यामा सर्वसाधारण सहभागी भएका थिए। स्थानीय समयअनुसार साँझ करिब ६ बजे कार्यक्रम समापनतर्फ अघि बढिरहेका बेला अचानक गोली चलेपछि सहभागीहरू भागाभाग गर्न बाध्य भएका थिए। त्यसलगत्तै ठूलो सङ्ख्यामा प्रहरी र उद्धारकर्मी परिचालन गरी सियाटल सेन्टर परिसर खाली गराइएको थियो।

वासिङ्टन राज्यका गभर्नर बब फर्गुसनले घटनाबारे नियमित जानकारी लिइरहेको तथा स्थानीय प्रहरीलाई सहयोग गर्न राज्य प्रहरीको स्वाट टोली परिचालन गरिएको जानकारी दिएका छन्। उनले पीडितका परिवारप्रति समवेदना व्यक्त गर्दै उद्धार तथा सुरक्षा कार्यमा खटिएका सुरक्षाकर्मीको प्रशंसा गरेका छन्।

प्रत्यक्षदर्शी फेथ आदिया हन्टरका अनुसार उनीहरू खाना किनेर फर्किरहेका बेला अचानक गोली चलेको थियो। बन्दुकधारी नजिकै रहेको थाहा पाएपछि आफूहरू अन्य मानिससँगै नजिकैको भवनतर्फ भागेर सियाटल बाल सङ्ग्रहालयमा आश्रय लिन पुगेका थिए।

अर्का प्रत्यक्षदर्शी रोबर्टो रामिरेजले सुरुमा पटाका पड्किएको जस्तो आवाज सुने पनि केहीबेरमै मानिसहरूले ‘शूटर’ भन्दै चिच्याउँदै भाग्न थालेपछि घटनाको गम्भीरता थाहा भएको बताए। उनका अनुसार केही समयमै पूरा क्षेत्र खाली गराइएको थियो र सहभागीहरू त्रसित बनेका थिए।

एस्टान वाकोनाबोले आफू प्रेमिकासँग फोटो बुथको लाइनमा रहेका बेला भीड एक्कासि भाग्न थालेको र त्यसपछि लगातार गोली चलेको आवाज सुनेको बताए। उनका अनुसार भागदौडका क्रममा मानिसहरू लडिरहेका, बालबालिकाका स्ट्रोलरसमेत पल्टिएका तथा घटनास्थलमा धेरै घाइते देखिएका थिए।

सन् १९८२ देखि आयोजना हुँदै आएको ‘बाइट अफ सियाटल’ तीनदिने खाद्य तथा सांस्कृतिक महोत्सव हो। आयोजकका अनुसार यस कार्यक्रममा हरेक वर्ष करिब तीन लाख ५० हजार मानिस सहभागी हुने गरेका छन्।

प्रकाशित मिति : ११ श्रावण २०८३, सोमबार  ७ : ३३ बजे

सरकारी वार्ता टोली र डा केसीबीच सात बुँदे सहमति, अनशन तोडियो

सुदूरपश्चिम – सरकारी वार्ता टोली र कैलालीको धनगढीमा विगत पाँच

शिक्षकको तलब भत्ताबारे अफवाह फैलाइयो : शिक्षामन्त्री पोखरेल

काठमाडौँ । शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले शिक्षकहरूको प्रोत्साहन

स्वास्थ्य मन्त्रालयद्वारा नारायणी अस्पतालका सेवा सञ्चालन गर्न अनुरोध

पर्सा – स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले यहाँस्थित नारायणी अस्पतालको

पिआर लिएका दुई नापी अधिकृतलाई कारबाही सिफारिस

काठमाडौं – भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन

सालकको अखेटोपहार ओसापसारको अभियोगमा तीन जना पक्राउ

चितवन – चितवन राष्ट्रिय निकुञ्जले संरक्षित वन्यजन्तु कालो सालकको अखेटोपहार