एसओएस बालग्रामका कर्मचारी सवार जीप दुर्घटना : चालकको मृत्यु, पाँचजना घाइते « Khabarhub

एसओएस बालग्रामका कर्मचारी सवार जीप दुर्घटना : चालकको मृत्यु, पाँचजना घाइते


११ श्रावण २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


177
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । एसओएस बालग्रामका कर्मचारी सवार जीप ललितपुरमा दुर्घटना भएको छ । उक्त दुर्घटनामा परी चालकको मृत्यु भएको छ भने पाँचजना घाइते भएका छन् ।

ललितपुरको महाँकाल गाउँपालिकामा उक्त स्कार्पियो दुर्घटना भएको प्रहरीले जानकारी दिएको छ । महाँकाल गाउँपालिका–३ गोटीखेलबाट चापागाउँतर्फ आउँदै गरेको बीएए ४६३९ नम्बरको स्कार्पियो महाँकाल गाउँपालिका–२ कटनभञ्ज्याङस्थित सडकबाट करिब ५० मिटर तल खसेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार दुर्घटनाग्रस्त स्कार्पियो एसओएस बालग्राम सानोठिमी, भक्तपुरको रहेको र त्यसमा कार्यालयका कर्मचारी सवार रहेका थिए ।

दुर्घटनामा गम्भीर घाइते भएका चालक काठमाडौंको कोटेश्वर निवासी ५४ वर्षीय शक्तिप्रसाद अधिकारीको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

स्कार्पियोमा चालकसहित ६ जना सवार थिए । दुर्घटनामा घाइते भएका पाँचजनामध्ये चारजनाको ललितपुर महानगरपालिका–१७ ग्वार्कोस्थित बी एन्ड बी अस्पतालमा उपचार भइरहेको छ भने एकजनाको महाँकाल गाउँपालिका–२ मानिखेल स्वास्थ्य चौकीमा उपचार भइरहेको छ ।

बी एन्ड बी अस्पतालमा कोटेश्वरकी ३९ वर्षीया सस्मिता खतीवडा, नवलपरासीको गैंडाकोट घर भई हाल काठमाडौं बस्ने ३५ वर्षीय भरत पौडेल, बर्दिया घर भई काठमाडौं बस्ने ३६ वर्षीया डिना सोनाहा र नुवाकोट घर भई काठमाडौं बस्ने २६ वर्षीय देवेन्द्रराज पाण्डे छन् ।

काठमाडौंको कीर्तिपुर-५ का ३९ वर्षीय निशान महर्जनको भने मनिखेल स्वास्थ्य चौकीमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति : ११ श्रावण २०८३, सोमबार  १० : ३८ बजे

बङ्गलादेशको रिसोर्टमा भीषण आगलागी, छ जनाको मृत्यु

ढाका- बङ्गलादेशको दक्षिणपूर्वी क्षेत्रमा पर्ने कक्स बजार जिल्लास्थित एक रिसोर्टमा

साइबर ब्युरोबाट रिहा भएपछि किशोर श्रेष्ठले भने- प्रेस स्वतन्त्रता जिन्दावाद !

काठमाडौं- साइबर ब्युरोबाट छुटेका जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठले आज

लिग २ मा नेपाल क्यानडासँग २४ रनले पराजित

काठमाडौं- आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ प्रतियोगिताको शनिबार सम्पन्न खेलमा

नागरिकले विश्वास गर्ने राजनीति पार्टी बनाउँछु : सभापति थापा

ललितपुर- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीलाई नागरिकको विश्वासको केन्द्रको

साइबर ब्युरोबाट छुटे किशोर श्रेष्ठ

काठमाडौं- शनिबार पक्राउ परेका जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठ केही