भारतद्वारा नेपाललाई १० टन राहत सामग्री हस्तान्तरण « Khabarhub

भारतद्वारा नेपाललाई १० टन राहत सामग्री हस्तान्तरण


११ भदौ २०८३, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


144
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भारतले बाढी प्रभावित नेपालका लागि पहिलो चरणमा १० टन अत्यावश्यक राहत सामग्री हस्तान्तरण गरेको छ।

नेपालका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खड्गराज पौडेललाई भारतले उक्त राहत सामग्री हस्तान्तरण गरेको हो। भारतका अनुसार ती सामग्री विनाशकारी आकस्मिक बाढीबाट प्रभावित क्षेत्रमा नेपालको उद्धार तथा राहत प्रयासमा सहयोग पुर्‍याउनेछन्।

भारतले थप राहत सामग्री बिहीबार नेपाल आइपुग्ने जनाएको छ।

भारतले कठिन परिस्थितिमा नेपाल र नेपाली जनताको साथमा रहेको जनाएको छ। भारतले आफ्नो सहयोगलाई ‘फर्स्ट रेस्पोन्डर’ तथा ‘नेबरहुड फर्स्ट’ नीतिअन्तर्गतको सहयोगका रूपमा प्रस्तुत गरेको छ।

भारतको विदेश मन्त्रालय, नेपालस्थित भारतीय दूतावास र नेपालको परराष्ट्र मन्त्रालयका आधिकारिक प्रतिनिधिहरूलाई समेत उक्त जानकारीमा उल्लेख गरिएको छ।

प्रकाशित मिति : ११ भदौ २०८३, बिहिबार  १२ : ०२ बजे

एनएफएलमा तीन नयाँ क्लब थपिने

काठमाडौं – नेपाल फुटबल लिग ९एनएफएल० ले तीन नयाँ क्लब

तापक्रम वृद्धिका विषयमा नेपाल–भुटानको संयुक्त प्रस्ताव

काठमाडौं – नेपाल र भुटानले हिमाली क्षेत्रमा जलवायु परिवर्तनका कारण

रवीन्द्र मिश्रले भने : ‘सत्ता कब्जा’काे सङ्केत देखियो

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का पूर्वउपाध्यक्ष रवीन्द्र मिश्रले पछिल्लो

नेपालका आठ हजार मिटरमाथिका हिमाललाई अन्तरराष्ट्रिय मान्यता दिलाउन पहल

काठमाडौं – नेपाल सरकारले विश्वका आठ हजार मिटरभन्दा अग्ला हिमालको

बेगनास ताल किनारमा सुरु भयो ‘फिस फेस्टिभल’

कास्की – पोखराको दोस्रो ठूलो बेगनास तालको किनारमा आजदेखि ‘फिस