ब्रह्माकुमारी राजयोग सेवा केन्द्रद्वारा रक्तदान अभियान सम्पन्न, ८ हजार ६९४ पिन्ट रगत संकलन « Khabarhub

ब्रह्माकुमारी राजयोग सेवा केन्द्रद्वारा रक्तदान अभियान सम्पन्न, ८ हजार ६९४ पिन्ट रगत संकलन


११ भाद्र २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– ब्रह्माकुमारी राजयोग सेवा केन्द्र, नेपालद्वारा आयोजित देशव्यापी बृहत् रक्तदान अभियान सफलतापूर्वक सम्पन्न भएको छ । 

ब्रह्माकुमारी ईश्वरीय विश्व विद्यालयकी पूर्व मुख्य प्रशासिका दादी प्रकाशमणिको १९औँ पुण्य स्मृति तथा विश्व बन्धुत्व दिवसको पावन अवसरमा आयोजित यस अभियान भदौ ५ गतेदेखि ९ गतेसम्म देशका विभिन्न स्थानमा सम्पन्न भएको हो । 

मानव सेवा तथा विश्व बन्धुत्वको भावनालाई व्यवहारमा उतार्ने उद्देश्यका साथ सञ्चालित पाँच दिने यस अभियानमा रक्तदाताहरू, विभिन्न संघ-संस्था, सामाजिक अभियन्ता, युवा तथा स्वयंसेवकहरूको उत्साहजनक सहभागिता रहेको थियो ।

यस परोपकारी अभियानको औपचारिक शुभारम्भ समारोह गत साउन ३१ गते काठमाडौंको भृकुटीमण्डपस्थित नेपाल पुलिस क्लबमा गरिएको भएको थियो । 

प्रतिनिधि सभाका सांसद प्रभा ढकालको प्रमुख आतिथ्य तथा ब्रह्माकुमारी राजयोग सेवा केन्द्र, नेपालकी निर्देशक डा. राज दीदीको अध्यक्षतामा आयोजित सो शुभारम्भ समारोहमा केन्द्रकी सहनिर्देशक ब्रह्माकुमारी किरण दीदीको समेत विशेष उपस्थिति रहेको थियो । 

दादी प्रकाशमणिज्यूको पुण्य स्मृतिलाई मानव सेवासँग जोड्दै आयोजना गरिएको यस अभियानमार्फत् ‘रक्तदान जीवन बचाउने महान् सेवा हो’ भन्ने सन्देश प्रवाह गर्न खोजिएको संस्थाले जनाएको छ । 

यसका साथै, समाजमा आपसी सहयोग, करुणा, परोपकार र विश्व बन्धुत्वको भावना अभिवृद्धि गर्ने प्रयास यस अभियानमार्फत गरिएको थियो ।

अभियान अन्तर्गत भदौ ५ देखि ९ गतेसम्म देशभरका विभिन्न स्थानमा सञ्चालन गरिएका रक्तदान कार्यक्रमहरूबाट कुल ८,६९४ पिन्ट रगत संकलन भएको संस्थाले जनाएको छ ।

अभियानको समापनसँगै ब्रह्माकुमारी राजयोग सेवा केन्द्र, नेपालका निर्देशक बीके राज (ब्रह्माकुमारी राज)ले यस महान् मानवीय कार्यलाई सफल बनाउन प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग गर्ने सम्पूर्ण रक्तदाता, स्वयंसेवक, सामाजिक संघ(संस्था तथा शुभेच्छुकहरू प्रति हार्दिक कृतज्ञता र धन्यवाद व्यक्त गरेकी छिन् ।

प्रकाशित मिति : ११ भाद्र २०८३, बिहीबार  ३ : ४८ बजे

आज आश्विन कृष्ण औँसी, सोह्र श्राद्ध समापन गरिँदै

काठमाडौँ– आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृ पक्ष आज अपराह्नकालमा

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ- नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

शनिबार शनिदेवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज २४ गते शनिबार सन् २०२६

आज २०८३ साल असोज २४ गते शनिबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज २४ गते शनिबार सन् २०२६

नेपाली कांग्रेसको सभापतिमा गगन थापा विजयी

काठमाडौँ– नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा विजयी भएका छन्। १५औँ