नेपालको बाढीपछि भारतीय विदेशमन्त्री निरन्तर सक्रिय « Khabarhub

नेपालको बाढीपछि भारतीय विदेशमन्त्री निरन्तर सक्रिय


११ भाद्र २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- भारतका विदेशमन्त्री एस जयशंकरले नेपालमा आएको विनाशकारी बाढीपहिरोबारे उच्चस्तरीय समीक्षा बैठक गरेका छन्।

जयशंकरले विदेश सचिव, विदेश मन्त्रालयको टोली तथा काठमाडौं र चीनको राजधानी बेइजिङस्थित भारतीय राजदूतहरूसँग बाढीपहिरोको अवस्थाबारे समीक्षा गरेका हुन्।

उनले बाढी प्रभावित क्षेत्रमा रहेका भारतीय नागरिकको अवस्था र सुरक्षाबारे जानकारी लिन तत्काल प्रयास भइरहेको बताएका छन्।

जयशंकरका अनुसार भारतीय विदेश मन्त्रालयले यस विषयमा विभिन्न मन्त्रालय, राज्य सरकार, टुर अपरेटर तथा विभिन्न परियोजनाका अधिकारीहरूसँग समन्वय गरिरहेको छ।

भारतले राहत तथा उद्धार प्रयासमा नेपाली पक्षसँग पनि निकट रहेर काम गरिरहेको उनले बताएका छन्।

नेपालको रसुवा लगायतका सीमावर्ती क्षेत्रमा आएको विनाशकारी बाढीपहिरोका कारण ठूलो जनधनको क्षति भएको छ भने धेरै मानिस बेपत्ता छन्। प्रभावित क्षेत्रमा उद्धार तथा खोजी कार्य जारी छ।

प्रकाशित मिति : ११ भाद्र २०८३, बिहीबार  ३ : ४५ बजे

शनिबार शनिदेवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज २४ गते शनिबार सन् २०२६

आज २०८३ साल असोज २४ गते शनिबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज २४ गते शनिबार सन् २०२६

नेपाली कांग्रेसको सभापतिमा गगन थापा विजयी

काठमाडौँ– नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा विजयी भएका छन्। १५औँ

व्यवसायमैत्री वातावरण बनाउन सरकार प्रतिबद्ध छ : गृहमन्त्री गुरुङ

काठमाडौं – गृहमन्त्री सुधन गुरुङले व्यापार सहजीकरण, अवैध चोरी पैठारी

कांग्रेस महाधिवेशन : सकियो मतदान

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत भएको मतदान सम्पन्न