भोटेकोशी बाढी : सर्लाहीका नौ जना सम्पर्कविहीन « Khabarhub

भोटेकोशी बाढी : सर्लाहीका नौ जना सम्पर्कविहीन


११ भाद्र २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

सर्लाही– भोटेकोशी नदीमा आएको बाढीका कारण सर्लाहीका नौ जना सम्पर्कविहीन भएका छन् । 
    
लालबन्दी नगरपालिका–९ निवासी माधव काफ्ले, अनुज काफ्ले, लालबन्दी नगरपालिका–५ का कृष्णप्रसाद धमला, द्वारिका दङ्गाल र चिरञ्जीवी खतिवडा सम्पर्कविहीन भएका हुन् । उनीहरु केही दिनअघि गोसाइँकुण्ड तीर्थयात्रामा गएका थिए । 

सोही बाढीका कारण हरिवन नगरपालिका–११ कडरिया चोक निवासी सक्षम कार्की र मनिल कायस्थ पनि सम्पर्कविहीन भएको परिवारजनले बताएका छन् । 

उनीहरु साथीहरूसँग मिलेर रसुवाको गोसाइँकुण्ड यात्रामा गएका र बुधबार बिहानबाट सम्पर्कविहीन हुनुभएको मनिलका बुबा बालगोपाल कायस्थले जानकारी दिए। 

भोटेकोशीको बाढीले  त्रिशूली ‘३बी’ जलविद्युत् आयोजनामा कम गर्ने सर्लाहीको हरिवन नगरपालिका–५ घुर्कौलीका प्राविधिक सुनिलकुमार कुशवाहा र ईश्वरपुर नगरपालिका–७ बयलबासका लक्ष्मण श्रेष्ठ सम्पर्कविहीन छन्।  

उनीहरु कार्यरत आयोजना बाढीले ध्वस्त बनाएपछि उहाँहरु सम्पर्कविहीन भएका हुन् । उनीहरूको खोजीका लागि परिवारले हारगुहार गरेका छन् ।

जिल्ला प्रहरी कार्यालयले एक सूचना सार्वजनिक गर्दै बुधबार बिहान भोटेकोशी नदीमा आएको बाढीपछि प्रभावित क्षेत्रबाट सम्पर्कविहीन भएको आफन्तको विवरण उपलब्ध गराई दिन आग्रह गरेको छ ।

प्रकाशित मिति : ११ भाद्र २०८३, बिहीबार  ३ : ५९ बजे

शनिबार शनिदेवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज २४ गते शनिबार सन् २०२६

आज २०८३ साल असोज २४ गते शनिबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज २४ गते शनिबार सन् २०२६

नेपाली कांग्रेसको सभापतिमा गगन थापा विजयी

काठमाडौँ– नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा विजयी भएका छन्। १५औँ

व्यवसायमैत्री वातावरण बनाउन सरकार प्रतिबद्ध छ : गृहमन्त्री गुरुङ

काठमाडौं – गृहमन्त्री सुधन गुरुङले व्यापार सहजीकरण, अवैध चोरी पैठारी

कांग्रेस महाधिवेशन : सकियो मतदान

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत भएको मतदान सम्पन्न