भोटेकोशीको बाढीमा धादिङका ७९ जना सम्पर्कविहीन « Khabarhub

भोटेकोशीको बाढीमा धादिङका ७९ जना सम्पर्कविहीन


११ भाद्र २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

धादिङ– रसुवाको भोटेकोशी नदीमा गएको बाढीपछि धादिङका ७९ जना अझै सम्पर्कविहीन रहेका छन् । सम्पर्कविहीन हुनेमा सबैभन्दा बढी नीलकण्ठ नगरपालिकाका २३ जना रहेका छन् । 

सहायक प्रमुख जिल्ला अधिकारी अनिल पौडेलका अनुसार सम्पर्कविहीन हुनेमा रुबीभ्याली गाउँपालिकाका १३, धुनीबेँसी नगरपालिकाका १०, बेनीघाट रोराङ गाउँपालिकाका आठ, गल्छी गाउँपालिकाका सात तथा थाक्रे र सिद्धलेक गाउँपालिकाका छ–छ जना रहेका छन् ।

त्यस्तै गजुरी गाउँपालिकाका दुई, नेत्रावती डबजोङ गाउँपालिकाका दुई तथा गङ्गाजमुना र ज्वालामुखी गाउँपालिकाका एक–एक जना सम्पर्कविहीन रहेको सहायक प्रजिअ पौडेलले जानकारी दिए । 

बुधबार गएको बाढीले धादिङमा पाँच पक्की पुल र १२ झोलुङ्गे पुलमा क्षति पुर्‍याएको छ । जिल्लामा हालसम्म २५ शव फेला परेको छ । तीमध्ये २० शव व्यवस्थापनका लागि पोखरा पठाउने तयारी भइरहेको उनले बताए।

बाढी तथा पहिरोका कारण पृथ्वी राजमार्गसँग सदरमुकाम धादिङबेँसीको सडक सम्पर्क प्रभावित बनेपछि सवारीसाधन सञ्चालनका लागि वैकल्पिक मार्ग मर्मतसम्भारको काम भइरहेको नीलकण्ठ नगरपालिकाका उपप्रमुख दीपक विश्वकर्माले जानकारी दिए । 

प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेय गौतमका अनुसार राजमार्ग क्षेत्रमा अवरोध हटाउने तथा सडक मर्मतको काम जारी रहे पनि तत्काल पूर्ण रूपमा राजमार्ग सञ्चालनमा आउन सकेको छैन । प्रभावित सडक तथा फुर्केखोलामा बेलिब्रिज सञ्चालनका लागि सम्बन्धित निकायबीच समन्वय भइरहेको उनले जानकारी दिए ।
 

प्रकाशित मिति : ११ भाद्र २०८३, बिहीबार  ६ : ३७ बजे

वाग्मती सफाइ महाअभियान ६९८ औँ हप्तामा

काठमाडौं–  ‘राष्ट्रका लागि हप्ताको दुई घण्टा स्वयंसेवा’ भन्ने नाराका साथ

पर्सामा विपद् सम्बन्धी जानकारी दिन जनचेतनामूलक कार्यक्रम

वीरगञ्ज– विपद्को समयमा सुरक्षित रहने उपायबारे सर्वसाधारणलाई जानकारी गराउने उद्देश्यले

युक्रेनका उत्तेजक गतिविधिले अवस्था थप जटिल बनाउने पुटिनको चेतावनी

मस्को– रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनका उत्तेजक तथा तनाव बढाउने

भोटेकोशी बाढीको एक महिना : पुनःस्थापनाको बाटो अझै लामो 

काठमाडौं – गत भदौ १० गते बिहान रसुवाको भोटेकोशी नदीमा आएको

पाकिस्तानको बलुचिस्तानमा सैन्य कारबाही, १६ आतंकवादी मारिए

एजेन्सी– पाकिस्तानको दक्षिणपश्चिमी बलुचिस्तान प्रान्तमा पछिल्लो ४८ घण्टामा भएका छुट्टाछुट्टै