भोटेकोशी बाढी : बाराका १५ जना सम्पर्कविहीन « Khabarhub

भोटेकोशी बाढी : बाराका १५ जना सम्पर्कविहीन


११ भाद्र २०८३, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बारा– रसुवा जिल्लाको भोटेकोशी नदीमा बुधबार बिहान गएको बाढीपछि बाराका १५ जना सम्पर्कविहीन बनेका छन् । 

बाढीपछि रसुवाको विभिन्न स्थानमा काम तथा अन्य प्रयोजनका लागि पुगेका व्यक्ति परिवार तथा आफन्तको सम्पर्कमा नआएका बाराका सहायक प्रमुख जिल्ला अधिकारी छविरमण भट्टराईले जानकारी दिए ।

‘बाढीका अझ कति सम्पर्कविहीन भएका छन् त्यसको यथार्थ खोजी तथा सूचना संकलन गर्ने काम सुरु गरेका छौँ’, उनले भने, ‘विभिन्न स्रोतबाट अहिलेसम्म १५ जना सम्पर्कविहीन भएका भन्ने सूचना संकलन गरिएको छ ।’

सूचना संकलन कार्यलाई जारी राखिएको जनाउँदै उनले यो सङ्ख्या अझ बढ्न सक्ने अनुमान गरिएको बताए।   

हालसम्म प्राप्त विवरणअनुसार मकवानपुर छतिवन गाउँपालिका-४ नयाँ डुमर स्थायी ठेगाना भई बारामा बस्दै आएका मदन स्याङ्दोला लामा, बाराको परवानीपुर गाउँपालिका-५ बहुअरीका नमनारायण सिंह, कलैया उपमहानगरपालिका-२२ धोधाटोलका सत्यप्रकाश राम र आदर्श कोतवाल गाउँपालिका-(१ चिउटाहाका अंकित पटेल सम्पर्कविहीन भएका सहायक प्रजिअ भट्टराईले जानकारी दिए।

सहायक प्रजिअ भट्टराईका अनुसार प्रसौनी गाउँपालिका(३ का जितेन्द्रकुमार दास, कलैया उपमहानगरपालिका-२३ का श्रीनिवास मण्डल, जितपुरसिमरा उपमहानगरपालिका-१६ का रञ्जित श्रेष्ठ, करैयामाई गाउँपालिका-२ का धिरेन्द्र चौधरी, सुवर्ण गाउँपालिका-५ औरैयाका रमेशकुमार साह र सुवर्ण गाउँपालिका-४ हरैयाका रमेशकुमार यादव पनि सम्पर्कविहीन भएका छन् । 

यसैगरी, निजगढ नगरपालिका-९ शान्तिटोलका राजु बिष्ट, निजगढ नगरपालिका-९ का दिनेश परियार, कलैया उपमहानगरपालिका-६ आदर्शटोलका देवेश भट्टराई, सुवर्ण गाउँपालिका-१ का सुरजकुमार साह र निजगढ नगरपालिका-८ का उत्तम न्यौपाने भोटेकोशी बाढीपछि सम्पर्कविहीन भएका सहायक प्रजिअ भट्टराईले जानकारी दिए । 

सम्पर्कविहीन भएकामध्ये केही रसुवामा, केही भोटेकोशी क्षेत्रमा तथा केही रसुवाका जलविद्युत् आयोजना र अन्य काममा खटिएका थिए । केही व्यक्ति त्रिशूली हाइड्रोपावर तथा रसुवाका विभिन्न आयोजनामा कार्यरत रहेको जानकारी प्राप्त भएको उनले जानकारी दिए ।

भोटेकोशी नदीमा बुधबार गएको आकस्मिक बाढीले रसुवा, नुवाकोट, धादिङलगायत क्षेत्रमा ठूलो जनधनको क्षति पुर्याएको जनाइएको छ । बाढीपछि सयौँ मानिस सम्पर्कविहीन भएको र खोज तथा उद्धार कार्य जारी रहेको छ । बाराका सम्पर्कविहीन व्यक्तिहरुको खोजी तथा अवस्थाबारे सम्बन्धित निकायमार्फत थप विवरण संकलन गर्ने कार्य भइरहेको बाराका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले जानकारी दिए । 

‘हामी गम्भीर भएर बाढीमा हराएका बाराका नागरिकको सूचना संकलन गरिरहेका छौँ’, उनले भने, ‘सम्पर्कविहीन भएकाहरूको खोजी तथा उद्धार कार्यका लागि हामी संवेदनशील भएर लागेका छौँ ।’

सम्पर्कविहीन भएकाहरूको सङ्ख्या अझ बढ्न सक्ने अनुमान पनि गरिएको उनले बताए। अहिलेसम्म भेटिएका शवहरू बाढीपछि सम्पर्कविहीन बनेका बाराका व्यक्तिको नभएको उनले जानकारी दिए । 

नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना तथा स्थानीय वडाध्यक्षमार्फत सम्पर्कविहीनहरूको विवरण संकलन गर्ने कार्य भइरहेको प्रजिअ मिश्रले जानकारी दिए । परिवारजनले सम्पर्कविहीन व्यक्तिको अवस्था तत्काल सार्वजनिक गरी खोजी तथा उद्धारलाई थप प्रभावकारी बनाउन आग्रह पनि गरेका छन् ।  
 

प्रकाशित मिति : ११ भाद्र २०८३, बिहीबार  ६ : ४७ बजे

गोसाइँकुण्ड गएका तनहुँका चार जना परिवारको सम्पर्कमा

तनहुँ – तनहुँको भिमादबाट गोसाइँकुण्ड तीर्थयात्राका लागि गएका चार जना

रसुवाको बाढी : १३६ घाइतेमध्ये ४८ उपचारपछि घर फर्किए

काठमाडाैं – रसुवामा आएको आकस्मिक बाढीबाट प्रभावित भई विभिन्न स्वास्थ्य

भोटेकोशी बाढी : कास्कीका १४ जना सम्पर्कविहीन

गण्डकी – रसुवाको भोटेकोशी नदीमा बुधबार बिहान आएको बाढीमा कास्कीका

प्रभावित क्षेत्र पुगेर फर्किएपछि प्रधानमन्त्रीले भने : सबै संयन्त्र पूर्ण क्षमतामा परिचालित छन्

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले नुवाकोट पुगेर बाढीपहिरो प्रभावित

विपद् व्यवस्थापनमा खटिने सुरक्षाकर्मीको भत्ता र खाजा खर्च बढाइने

काठमाडौं– विपद् व्यवस्थापनमा खटिने सुरक्षाकर्मीले दैनिक खाजा खर्च र प्रोत्साहन