भोटेकोशी बाढी : कास्कीका १४ जना सम्पर्कविहीन « Khabarhub

भोटेकोशी बाढी : कास्कीका १४ जना सम्पर्कविहीन


११ भाद्र २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

गण्डकी – रसुवाको भोटेकोशी नदीमा बुधबार बिहान आएको बाढीमा कास्कीका १४ जना सम्पर्कविहीन भएका छन् । सम्पर्कविहीन हुनेमा सरकारी कर्मचारीदेखि तीर्थयात्रीसम्म रहेको सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले जानकारी दिए ।

उनका अनुसार पोखरा महानगरपालिका–१७ का सविना पौडेल, पोखरा–१५ का छमप्रकाश थापा, मनु बुढा, पोखरा–५ का सृष्टि बास्तोला, पोखरा–६ का अभिषेक आचार्य, पोखरा–१२ का लिलाबहादुर थापा, सुमन श्रेष्ठ, पोखरा–१५ का देवीकुमारी गुरुङ, पोखरा–१३ का विनु गुरुङ र पोखरा–१४ का गोविन्दबहादुर अधिकारी रहेका छन्।

यस्तै सिराहा घर भई हाल पोखरामा बसोबास गर्नुहुने आनन्दकुमार महतो, सिन्धुली घर भई पोखरा बस्दै आउनुभएका प्रविन पुर्जा, काठमाडौँ घर भई पोखरा बसोबास गर्नुहुने राजेश शर्मा र प्रमिला पाठक बाढीपछि सम्पर्कविहीन भएको भनी उहाँहरूका आफन्तले जानकारी गराएको सहायक प्रजिअ बरालले बताए ।

“हालसम्म बाढीमा हराउनुभएका कास्कीका १४ जना परिवार र आफन्तको सम्पर्कमा नआएको पाइएको छ”, उनले भने, “बाढीमा सम्पर्कविहीन भएका अन्य व्यक्तिका विषयमा पनि विवरण प्राप्त हुने क्रम जारी छ ।”

प्रकाशित मिति : ११ भाद्र २०८३, बिहीबार  ८ : १९ बजे

पर्सामा विपद् सम्बन्धी जानकारी दिन जनचेतनामूलक कार्यक्रम

वीरगञ्ज– विपद्को समयमा सुरक्षित रहने उपायबारे सर्वसाधारणलाई जानकारी गराउने उद्देश्यले

युक्रेनका उत्तेजक गतिविधिले अवस्था थप जटिल बनाउने पुटिनको चेतावनी

मस्को– रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनका उत्तेजक तथा तनाव बढाउने

भोटेकोशी बाढीको एक महिना : पुनःस्थापनाको बाटो अझै लामो 

काठमाडौं – गत भदौ १० गते बिहान रसुवाको भोटेकोशी नदीमा आएको

पाकिस्तानको बलुचिस्तानमा सैन्य कारबाही, १६ आतंकवादी मारिए

एजेन्सी– पाकिस्तानको दक्षिणपश्चिमी बलुचिस्तान प्रान्तमा पछिल्लो ४८ घण्टामा भएका छुट्टाछुट्टै

स्वास्थ्य सेवालाई नागरिकको पहुँचमा पुर्‍याउने मुख्यमन्त्री थापाको प्रतिबद्धता

ललितपुर– बागमती प्रदेशका मुख्यमन्त्री किरण थापाले स्वास्थ्य सेवामा नागरिकको सहज