रसुवाको बाढी : १३६ घाइतेमध्ये ४८ उपचारपछि घर फर्किए « Khabarhub

रसुवाको बाढी : १३६ घाइतेमध्ये ४८ उपचारपछि घर फर्किए


११ भाद्र २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडाैं – रसुवामा आएको आकस्मिक बाढीबाट प्रभावित भई विभिन्न स्वास्थ्य संस्थामा भर्ना भएका १३६ जना घाइतेमध्ये हालसम्म ४८ जना उपचारपछि घर फर्किएका छन् ।

स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयअन्तर्गतको स्वास्थ्य आपत्कालीन तथा विपद् व्यवस्थापन एकाइले सार्वजनिक गरेको प्रतिवेदनअनुसार ७२ जना घाइतेको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । यस्तै, १४ जनालाई थप उपचारका लागि अन्य अस्पतालमा रेफर गरिएको छ ।

प्रतिवेदनअनुसार बाढीका कारण उपचारका क्रममा तथा अस्पताल ल्याउने क्रममा गरी २ जनाको मृत्यु भएको छ ।

बाढी प्रभावितमध्ये रसुवा जिल्ला अस्पतालमा ५३ जना, काठमाडौँको टिचिङ अस्पतालमा ३७ जना र नुवाकोटको त्रिशूली अस्पतालमा १७ जना घाइतेको उपचार गरिएको तथ्याङ्क छ ।

बाढीले स्वास्थ्य संस्थाका पूर्वाधारमा समेत ठूलो क्षति पुर्‍याएको छ। स्याफ्रुबेँसी स्वास्थ्य चौकी, टिमुरे स्वास्थ्य चौकी, टिमुरे हेल्थ डेस्क र मैलुङ सामुदायिक स्वास्थ्य एकाइ गरी ४ वटा स्वास्थ्य संस्था पूर्ण रूपमा क्षतिग्रस्त भएका छन् ।

त्यसैगरी वैरेनी अस्पताल र चराौँदी आधारभूत स्वास्थ्य सेवा केन्द्रमा आंशिक क्षति पुगेको छ। क्षतिका कारण यी दुवै स्वास्थ्य संस्था हाल सञ्चालनमा आउन सकेका छैनन् ।

बाढीपहिरोका कारण धादिङ अस्पताल र त्रिशूली अस्पताल पुग्ने पहुँच मार्गसमेत अवरुद्ध भएका छन् । यसले प्रभावित क्षेत्रमा स्वास्थ्य सेवा प्रवाह तथा बिरामीको आवतजावतमा थप चुनौती सिर्जना गरेको छ ।

स्वास्थ्य क्षेत्रबाट भने राहत तथा व्यवस्थापनका कामलाई तीव्रता दिइएको मन्त्रालयअन्तर्गतको स्वास्थ्य आपत्कालीन तथा विपद् व्यवस्थापन एकाइले जनाएको छ। शव व्यवस्थापनका लागि आवश्यक शव व्यवस्थापन झोलाको व्यवस्था गर्न विश्व स्वास्थ्य संगठन ९ध्ज्इ० र नेपाल रेडक्रस सोसाइटीसँग समन्वय गरिएको छ ।

यसैबीच विद्यमान अवस्था, भइरहेका प्रतिकार्य, उपलब्ध स्रोतसाधन तथा थप समन्वयका विषयमा छलफल गर्न दोस्रो स्वास्थ्य क्लस्टर समन्वय बैठक समेत सम्पन्न भएको छ ।

बैठकबाट प्रभावित क्षेत्रमा स्वास्थ्य सेवा निरन्तरता, राहत तथा स्रोतसाधनको व्यवस्थापन र आवश्यकताअनुसार थप समन्वय गर्ने विषयमा काम अघि बढाइएको जनाइएको छ ।

प्रकाशित मिति : ११ भाद्र २०८३, बिहीबार  ८ : ३४ बजे

पर्सामा विपद् सम्बन्धी जानकारी दिन जनचेतनामूलक कार्यक्रम

वीरगञ्ज– विपद्को समयमा सुरक्षित रहने उपायबारे सर्वसाधारणलाई जानकारी गराउने उद्देश्यले

युक्रेनका उत्तेजक गतिविधिले अवस्था थप जटिल बनाउने पुटिनको चेतावनी

मस्को– रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनका उत्तेजक तथा तनाव बढाउने

भोटेकोशी बाढीको एक महिना : पुनःस्थापनाको बाटो अझै लामो 

काठमाडौं – गत भदौ १० गते बिहान रसुवाको भोटेकोशी नदीमा आएको

पाकिस्तानको बलुचिस्तानमा सैन्य कारबाही, १६ आतंकवादी मारिए

एजेन्सी– पाकिस्तानको दक्षिणपश्चिमी बलुचिस्तान प्रान्तमा पछिल्लो ४८ घण्टामा भएका छुट्टाछुट्टै

स्वास्थ्य सेवालाई नागरिकको पहुँचमा पुर्‍याउने मुख्यमन्त्री थापाको प्रतिबद्धता

ललितपुर– बागमती प्रदेशका मुख्यमन्त्री किरण थापाले स्वास्थ्य सेवामा नागरिकको सहज