भोटेकोशी बाढीमा बेपत्ता परिवारलाई सहयोग « Khabarhub

भोटेकोशी बाढीमा बेपत्ता परिवारलाई सहयोग


११ आश्विन २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

वीरगञ्ज– वीरगञ्ज युवा समाजले भोटेकोशी बाढीपछि बेपत्ता भएका वीरगञ्ज महानगरपालिका–२७ उदयपुर घुर्मी  निवासी सागर कर्णको परिवारलाई आर्थिक सहयोग गरेको छ ।

समाजका अध्यक्ष सञ्जीव थापाले कर्णकी श्रीमती सरितालाई उनको निवासमा पुगेर खाद्यान्नलगायत दैनिक उपभोगका सामग्री तथा पाँच हजार १०० रुपैयाँ नगद हस्तान्तरण गरे । 

सवारी चालक कर्ण मातापिताका एक्लो सन्तान थिए । उनका वृद्ध पितामाता र दुई साना सन्तान उनको अनुपस्थितिमा खिन्न छन् । 

यसैबीच, वीरगञ्ज महानगरपालिकाले वीरगञ्ज महानगरपालिका–२७ कुहडीका २८ वर्षीय मुन्ना अन्सारीको परिवारलाई भेटेर सहयोगको वचन दिएको छ । 

प्रकाशित मिति : ११ आश्विन २०८३, आइतबार  १२ : २१ बजे

सुनसान बने काठमाडौँका व्यस्त सडक (तस्बिरहरू)

काठमाडौँ – बडादसैँ मनाउन राजधानी छाडेर गाउँघर फर्किनेको सङ्ख्या बढेसँगै काठमाडौं

१५ वर्षपछि दसैँ गीतमा फर्किए सुरेश अधिकारी, ‘रातो टीका जमरा’ सार्वजनिक

काठमाडौँ – वरिष्ठ संगीतकार सुरेश अधिकारी करिब १५ वर्षपछि नयाँ दसैँ

रुसमाथिका प्रतिबन्धमा ट्रम्पको रोक

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसमाथि थप आर्थिक प्रतिबन्ध

दाङका थारू बस्तीमा सख्या पैयाँ नाचको रौनक

घोराही– दाङका थारू बस्तीमा यति बेला सख्या पैयाँ नाचको रौनक

दसैँका लागि कलंकीमा खसीबोका किनबेच सुरु, बजारमा चहलपहल

काठमाडौँ- बडादसैँ नजिकिएसँगै काठमाडौंको कलंकीमा खसी, बोका, भेडा, च्याङ्ग्रा तथा कुखुराको