बाढीपीडितलाई प्रवासी नेपालीद्वारा दुई लाख २६ हजार अमेरिकी डलर प्रदान « Khabarhub

बाढीपीडितलाई प्रवासी नेपालीद्वारा दुई लाख २६ हजार अमेरिकी डलर प्रदान


११ आश्विन २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अमेरिकामा रहेका प्रवासी नेपालीले भोटेकोशी बाढीपीडितको सहयोगार्थ दुई लाख २६ हजार अमेरिकी डलर प्रदान गरेका छन् ।

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी हुने सिलसिलामा न्युयोर्कमा रहेका परराष्ट्रमन्त्री शिशिर खनाललाई आज उक्त रकम बराबरको चेक हस्तान्तरण गरिएको परराष्ट्रमन्त्रीको निजी सचिवालयले जनाएको छ । 

तीनवटा प्रवासी संस्थाले प्रदान गरेका उक्त रकममध्ये एन एच नेपाली समाजबाट एक लाख २० हजार, अमेरिका नेपाल हेल्पिङ सोसाइटीबाट ९३ हजार र गुरुङ सोसाइटीबाट १३ हजार अमेरिकी डलर प्राप्त भएको हो । 

मन्त्री खनालले मातृभूमिमा परेको विपत्तिका बेला सहयोग गरेकामा तीन वटै संस्थाप्रति आभार व्यक्त गरे । 
 

प्रकाशित मिति : ११ आश्विन २०८३, आइतबार  १२ : ५१ बजे

सुनसान बने काठमाडौँका व्यस्त सडक (तस्बिरहरू)

काठमाडौँ – बडादसैँ मनाउन राजधानी छाडेर गाउँघर फर्किनेको सङ्ख्या बढेसँगै काठमाडौं

१५ वर्षपछि दसैँ गीतमा फर्किए सुरेश अधिकारी, ‘रातो टीका जमरा’ सार्वजनिक

काठमाडौँ – वरिष्ठ संगीतकार सुरेश अधिकारी करिब १५ वर्षपछि नयाँ दसैँ

रुसमाथिका प्रतिबन्धमा ट्रम्पको रोक

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसमाथि थप आर्थिक प्रतिबन्ध

दाङका थारू बस्तीमा सख्या पैयाँ नाचको रौनक

घोराही– दाङका थारू बस्तीमा यति बेला सख्या पैयाँ नाचको रौनक

दसैँका लागि कलंकीमा खसीबोका किनबेच सुरु, बजारमा चहलपहल

काठमाडौँ- बडादसैँ नजिकिएसँगै काठमाडौंको कलंकीमा खसी, बोका, भेडा, च्याङ्ग्रा तथा कुखुराको