बाढी प्रभावित क्षेत्रमा विद्युत् सेवा सुचारु गर्ने कार्य तीव्र गतिमा « Khabarhub

बाढी प्रभावित क्षेत्रमा विद्युत् सेवा सुचारु गर्ने कार्य तीव्र गतिमा


११ आश्विन २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- बाढी प्रभावित क्षेत्रमा विद्युत् सेवा सुचारु गर्ने कार्य तीव्र गतिमा भइरहेको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । प्राधिकारणका अनुसार प्युठान जिल्लामा अर्घाखाँचीबाट आपूर्ति हुने ३३ केभीको लाइन आज साँझ ७ बजेसम्म सञ्चालनमा आउने सम्भावना रहेको छ । यसबाट प्युठान सदरमुकामलगायत अधिकांश स्थानमा विद्युत् सेवा पुनः सुचारु हुनेछ ।

यस्तै, लमही-झिम्रुक १३२ केभी प्रसारण लाइनअन्तर्गत दाङको मुर्कुटीमा चुडिएको कन्डक्टर मर्मत (रेस्ट्रिङ) भइरहेको छ। लगातारको वर्षाका कारण मर्मत कार्य केही प्रभावित भए पनि आज राति १० बजेसम्म लाइन सुचारु हुने सम्भावना छ। यो १३२ केभी लाइन सञ्चालनमा आएपछि प्युठानमा पूर्ण रूपमा र रोल्पाको सदरमुकाम लिबाङलगायत पूर्वी क्षेत्रमा विद्युत् सेवा सुचारु हुनेछ।

रोल्पाको पश्चिम भेगस्थित होलेरी क्षेत्रमा विद्युत् मर्मतका लागि प्राविधिक टोली बिहानैदेखि खटिएको छ। सो क्षेत्रमा एक स्थानमा पाँचवटा स्प्यान कन्डक्टर पोलसहित ढलेको तथा अन्य चार स्थानमा रुखले पोल र तारमा क्षति पुर्‍याएको पाइएको छ। त्यस क्षेत्रमा भोलिसम्ममा विद्युत् सुचारु हुनेछ। रोल्पाको थवाङतर्फ गएको लाइनमा भने ठلै क्षति पुगेको छ। बाटो अवरुद्ध भएका कारण कर्मचारी समयमै पुग्न नकसकेकाले क्षतिको पूर्ण विवरण आउन बाँकी छ।

यसैगरी, सल्यान हुँदै रुकुम पूर्व गएको लाइन सल्यान वितरण केन्द्रअन्तर्गत अवरुद्ध बनेको छ। पहिरोले पोलहरू बगाएको बुझिएको र त्यसलाई भोलिसम्ममा मर्मत गरी लाइन पुनर्स्थापना गरिने जनाइएको छ। हाल रुकुम पूर्वको सदरमुकाम रुकुमकोटमा भने स्थानीय राप्ती हाइड्रोमार्फत विद्युत् आपूर्ति भइरहेको छ।

प्रकाशित मिति : ११ आश्विन २०८३, आइतबार  ६ : ४४ बजे

बाढीले उजाडियो पर्वतको फर्से बजार

गण्डकी – कालीगण्डकी नदीमा आएको बाढीले पर्वतको जलजला गाउँपालिका–८ फर्सेको

गाडी रिजर्भ गरेर बाढी हेर्न जानेको भीड (तस्बिरहरु)

काठमाडौं – कालीगण्डकी नदीमा आएको बाढी हेर्नका लागि बागलुङ बजारबाट

म्याग्दी पहिरो अपडेट : मृतकको संख्या छ पुग्यो, तीन जना बेपत्ता

म्याग्दी – म्याग्दीमा पहिरोबाट ज्यान गुमाउनेको संख्या छ जना पुगेको

काठमाडौं हिँडेका सवारीसाधन कुरिनटारमा रोकिए (तस्बिरहरू)

चितवन – अविरल वर्षाका कारण पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–४

मर्स्याङ्दी आसपासका बस्ती खाली गर्न आग्रह

लमजुङ – मनाङको चामे गाउँपालिका–४ स्थित घट्टेखोलामा पहिरो झरिरहेको र