सुडानमा ड्रोन हमला : २१ जनाको मृत्यु, ४० भन्दा बढी घाइते « Khabarhub

सुडानमा ड्रोन हमला : २१ जनाको मृत्यु, ४० भन्दा बढी घाइते


१० कार्तिक २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

खार्तुम- सुडानको पश्चिमी डार्फर क्षेत्रमा पर्ने न्याला सहरको एक बजारमा सोमबार राति भएको ड्रोन हमलामा कम्तीमा २१ जनाको मृत्यु भएको छ भने ४० जनाभन्दा बढी घाइते भएका छन् ।

एएफपीका अनुसार, अर्धसैनिक द्रुत समर्थन बल (आरएसएफ) को मुख्य आधार रहेको न्यालाको उत्तरी भागस्थित बजारलाई लक्षित गरी आक्रमण गरिएको थियो ।

एक स्थानीय बासिन्दाका अनुसार सोमबार राति करिब ८ बजे बजारमा ड्रोन प्रहार भएको थियो । अर्का स्थानीयले उक्त बजारमा युवाहरूका साथै आरएसएफका लडाकूहरू आउने गरेको बताए ।

न्याला अस्पतालका एक चिकित्सकले आक्रमणमा २१ जनाको मृत्यु भएको र ४० जनाभन्दा बढी घाइते भएको पुष्टि गरेका छन् । यद्यपि, मृतक तथा घाइतेमध्ये कति जना आरएसएफका लडाकु थिए भन्ने स्पष्ट हुन नसकेको उनले बताए ।

सुडानी सेना र आरएसएफबीच सन् २०२३ अप्रिलदेखि युद्ध जारी छ । सेनाले न्यालामा नियमित आक्रमण गर्दै आएको छ । आरएसएफले न्यालालाई आफ्नो प्रमुख आधार बनाएको छ । उसले खार्तुमस्थित अन्तर्राष्ट्रिय मान्यताप्राप्त सरकारको विकल्पमा छुट्टै सरकारसमेत घोषणा गरेको छ ।

सुडानमा जारी युद्धका क्रममा पछिल्लो समय ड्रोन आक्रमण व्यापक बनेको छ । दुवै पक्षले देशका विभिन्न क्षेत्रमा ड्रोनमार्फत आक्रमण गर्दा ठूलो सङ्ख्यामा सर्वसाधारणको ज्यान जाने गरेको छ । संयुक्त राष्ट्रसङ्घको तथ्याङ्कअनुसार अक्टोबरका पहिलो तीन सातामा मात्रै ड्रोन हमलामा ३०० भन्दा बढी मानिस मारिएका छन् भने सयौँ घाइते भएका छन् ।

सन् २०२३ मा युद्ध सुरु भएयता सुडानमा दुई लाखभन्दा बढी मानिसको मृत्यु भएको सहायता क्षेत्रमा कार्यरत व्यक्तिहरूको अनुमान छ । युद्धका कारण देशमा गम्भीर भोकमरी र व्यापक विस्थापनको सङ्कटसमेत उत्पन्न भएको छ ।

प्रकाशित मिति : १० कार्तिक २०८३, मंगलबार  ५ : ३५ बजे

जनकपुरले गुमायो पहिलो विकेट, सोमपालले दिलाए सफलता

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

काठमाडौँका विभिन्न स्थानमा चोरी गर्ने चार भारतीय पक्राउ

काठमाडौँ– काठमाडौँका विभिन्न स्थानमा घर तथा फ्ल्याटमा कोही नभएको मौका

फिल्म फेस्टिभलमा शबाना आजमी र मार्को मुलर सहभागी हुने

काठमाडौँ- काठमाडौँ महानगरपालिकाले कात्तिक १३ गतेदेखि १५ गतेसम्म काठमाडौं फिल्म

कर्णालीले जनकपुरलाई दियो १ सय ३३ रनको लक्ष्य

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

ओठमा गुलाब, अनुहारभरि रगत अनि आँखामा रिस !

काठमाडौं– बलिउडका ‘किङ खान’ शाहरुख खान यसपटक प्रेमी र हत्याराको