जनकपुरले एकै ओ‌भरमा गुमायो दुई विकेट, परेरा र अली आउट « Khabarhub

जनकपुरले एकै ओ‌भरमा गुमायो दुई विकेट, परेरा र अली आउट


१० कार्तिक २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली याक्स र जनकपुर बोल्ट्स भीड्दैछन् ।

खेलमा कर्णालीले दिएको १ सय ३३ रनको लक्ष्य पछ्याउँदै जनकपुरले जवाफी ब्याटिङ गरिरहेको छ ।

खेलमा जनकपुरले एकै ओभरमा दुई विकेट गुमाएको छ । खेलको ९ ओभर २ बलमा मोइन अली आउट भए ।

आरिफुल इस्लामको हातबाट क्याच आउट हुनुअघि उनले २२ बलमा १९ रन बनाए । त्यसको दुई बल लगत्तै कुशल परेरा पनि आउट भए ।

कट बिहाइन्ड हुनुअघि उनले चार बलमा ६ रन जोडे । दुवै विकेट हुसेन तलातले लिएका हुन् ।

यसअघि कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय रंगशालामा टस हारेर पहिले ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ३२ रन तयार पार्‍यो ।

कर्णालीका लागि आरिफुल इस्लामले सर्वाधिक ४३ रन बनाए । २९ बलको समना गरेका उनले चार छक्का प्रहार गरे ।

त्यस्तै, पवन सर्राफले ३७ बलमा ३७ रन बनाए । उनले तीन छक्का प्रहार गरे ।

जनकपुरका हर्मित सिंहले ३, राहुल यादव र मोइन अलीले समान दुई विकेट लिए भने ललित राजवंशीले एक विकेट लिए ।

प्रकाशित मिति : १० कार्तिक २०८३, मंगलबार  ७ : ५५ बजे

पोखरामा यू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण सुरु

कास्की – नेपाली यूू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण

तीन दिन पदयात्रा नगर्न अध्यागमनको आग्रह

काठमाडौं – मुलुकका उच्च पहाडी तथा हिमाली भूभागमा उत्पन्न हुन

सुकुमवासीलाई पुर्जा वितरणमा तीव्रता दिन जोड

भद्रपुर – झापामा भूमिहीन तथा अव्यवस्थित बसोबासीलाई जग्गाधनी पुर्जा वितरण

कर्णालीले जनकपुरलाई हराउँदा मैदानमा यस्तो देखियो (तस्बिरहरू)

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणमा कर्णाली

एनपीएलमा कर्णालीको विजयी सुरुवात, जनकपुर १९ रनले पराजित

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली