पोखरामा यू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण सुरु « Khabarhub

पोखरामा यू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण सुरु


१० कार्तिक २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

कास्की – नेपाली यूू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण आजदेखि पोखरामा सुरु भएको छ ।आगामी एसीसी पुरुष यू–१९ एसिया कप क्रिकेट प्रतियोगिताको तयारी स्वरूप टोलीको बन्द प्रशिक्षण पोखरा रङ्गशालास्थित क्रिकेट मैदानमा सुरु भएको हो ।

नेपाल क्रिकेट सङ्घ (क्यान)ले प्रतियोगिताको तयारीका लागि प्रारम्भिक चरणमा २८ खेलाडी छनोट गरी पोखरा क्रिकेट मैदानमा बन्द प्रशिक्षण सञ्चालन गरेको हो ।

एसिया कप यही कात्तिक १९ देखि २८ गतेसम्म ओमानमा आयोजना हुँदैछ । टोलीले पोखरामा पाँच दिन प्रशिक्षण गर्नेछ । सो क्रममा चार वटा अभ्यास खेलसमेत खेल्ने प्रादेशिक क्रिकेट सङ्घका अध्यक्ष सञ्जयकान्त सिग्देलले बताए ।

पोखरामा सञ्चालन भएको बन्द प्रशिक्षणबाट खेलाडीको क्षमता र प्रदर्शन मूल्याङ्कन गरी १४ सदस्सीय अन्तिम टोली छनोट गरिनेछ । पोखरा रङ्गशालाको क्रिकेट मैदान पछिल्लो समय उमेर तथा सिनियर राष्ट्रिय टोलीको बन्द प्रशिक्षणका लागि रोजाइमा पर्ने गरेको छ । काठमाडौँस्थित क्रिकेट मैदानमा निरन्तरजस्तो प्रतियोगिता हुने गरेकाले बन्द प्रशिक्षणका लागि पोखरा छनोट पर्ने गरेको हो ।

“पोखराको वातावरण र यहाँको मैदानका कारणले बन्द प्रशिक्षण तथा अभ्यास खेलका लागिसमेत छनोटमा पर्ने गरेको छ । यसबाट यहाँको क्रिकेट खेल विकास र प्रवर्द्धनमा सहयोग पुगेको छ”, प्रादेशिक क्रिकेट सङ्घका अध्यक्ष सिग्देलले भने ।

बन्द प्रशिक्षणका लागि पोखरा आएको टोलीलाई कास्की जिल्ला क्रिकेट सङ्घका अध्यक्ष दीपेन्द्रप्रताप चन्द लगायतले पोखरा रङ्गशालामा स्वागत गर्नुभएको थियो । ओमानमा आयोजना हुने यू–१९ एसिया कपमा नेपाल समूह ‘ए’ मा परेको छ । यस समूहमा नेपालसँगै भारत, पाकिस्तान र संयुक्त अरब इमिरेट्स (यूएई) छन् । नेपालले पहिलो खेल कात्तिक २० गते भारतसँग खेल्नेछ ।

प्रकाशित मिति : १० कार्तिक २०८३, मंगलबार  १० : ११ बजे

पोखराको आकाशमा रमेको ‘प्रकृति, संस्कृित र साहस’

गण्डकी – शरद याम चलिरहेको छ । निलो आकाश र

पोखरामा यू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण सुरु

कास्की – नेपाली यूू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण

तीन दिन पदयात्रा नगर्न अध्यागमनको आग्रह

काठमाडौं – मुलुकका उच्च पहाडी तथा हिमाली भूभागमा उत्पन्न हुन

सुकुमवासीलाई पुर्जा वितरणमा तीव्रता दिन जोड

भद्रपुर – झापामा भूमिहीन तथा अव्यवस्थित बसोबासीलाई जग्गाधनी पुर्जा वितरण

कर्णालीले जनकपुरलाई हराउँदा मैदानमा यस्तो देखियो (तस्बिरहरू)

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणमा कर्णाली