झापा कारागारमा क्षमताभन्दा दोब्बर कैदीबन्दी « Khabarhub

झापा कारागारमा क्षमताभन्दा दोब्बर कैदीबन्दी


११ मंसिर २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

झापा– झापा कारागारमा क्षमताको दोब्बरभन्दा बढी कैदीबन्दी रहेका छन् । छ दशक पुरानो भवन र साँघुरो कोठाका कारण कैदीबन्दी सकसमा बस्न बाध्य छन् ।

कारागार प्रमुख पूर्णबहादुर खत्रीका अनुसार हाल कारागारमा कैदी र थुनुवा गरी कुल एक हजार ७१० जना रहेका छन् । तीमध्ये ९२९ जना कैदी र ७८१ जना थुनुवा छन् । लैङ्गिक आधारमा एक हजार ६२६ जना पुरुष र ८४ जना महिला छन् ।

प्रमुख खत्रीले कारागारमा ६५ वर्षमाथिका २४ ज्येष्ठ नागरिक, एक गर्भवती र एक आश्रित नाबालक रहेको जानकारी दिए । महिला र पुरुषका लागि छुट्टाछुट्टै भवनको व्यवस्था छ । कारागारमा १९ जोडी विवाहित कैदीबन्दीसमेत छन् । 

राष्ट्रियताका आधारमा १२२ जना भारतीय र २९ जना भुटानी नागरिकले कैद तथा थुनुवा जीवन बिताइरहेका कारागार प्रशासनले जनाएको छ ।

लागूऔषधका मुद्दा सबैभन्दा बढी

झापा कारागारमा रहेका कैदीबन्दीमध्ये करिब आधा हिस्सा लागूऔषधसम्बन्धी मुद्दाका छन् । कारागार प्रमुख खत्रीका अनुसार लागूऔषध कसुरमा ५६ महिला र ७९४ पुरुष गरी ८५० जना रहेका छन् ।

त्यस्तै, जबर्जस्ती करणी मुद्दामा एक महिलासहित ३५९ जना, कर्तव्य ज्यान मुद्दामा नौ महिलासहित ११४ जना, चोरी मुद्दामा एक महिलासहित १३५ जना, ठगी मुद्दामा एक महिलासहित १६ जना र अभद्र व्यवहारसम्बन्धी मुद्दामा एक महिलासहित १३ जना कारागारमा छन् । बाँकी अन्य विभिन्न मुद्दाका कैदीबन्दी रहेका छन् ।

कलबलगुढीमा नयाँ कारागारको तयारी

हालको कारागार भवन पुरानो र स्थान साँघुरो भएकाले भद्रपुर नगरपालिका–१० स्थित कलबलगुढीमा नयाँ कारागार बनाउने तयारी छ । कोशी प्रदेश प्रशिक्षण केन्द्रसँग जोडिएको १० बिघा जग्गा नयाँ कारागार निर्माणका लागि व्यवस्थापन गरिएको छ । नयाँ संरचना निर्माणका लागि विस्तृत परियोजना प्रस्ताव (डिपिआर) तयार गर्ने प्रक्रिया अघि बढिसकेको जनाइएको छ ।

विसं २०२० मा निर्माण भएको हालको भवन सुरुमा बढीमा ३५० जना कैदीबन्दी राख्न मिल्नेगरी बनाइएको थियो । पछि आन्तरिक संरचना थपेर कारागारको क्षमता ७५० पुर्‍याइएको हो ।
 

प्रकाशित मिति : ११ मंसिर २०८३, शुक्रबार  ७ : ११ बजे

आजको तरकारी र फलफूलको मूल्य सार्वजनिक, कुनको कति ?

काठमाडौँ– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शुक्रबारका लागि

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज पनि जारी रहने

काठमाडौँ– नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठकमा केन्द्रीय सदस्यहरूले धारणा राख्ने क्रम

झापा कारागारमा क्षमताभन्दा दोब्बर कैदीबन्दी

झापा– झापा कारागारमा क्षमताको दोब्बरभन्दा बढी कैदीबन्दी रहेका छन् ।

बुटवलमा आजदेखि खाना महोत्सव, ६० स्टलमा मौलिक परिकार

रूपन्देही– स्थानीय मौलिक खानाका परिकार, कला र संस्कृतिको प्रवर्द्धन गर्दै

डेढ दशकपछि उत्पादनको चरणमा राहुघाट जलविद्युत् आयोजना

म्याग्दी– सरकारी स्वामित्वको नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावरले